काठमाडौंः काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले भ्रष्टाचार विरुद्ध नागरिकले गरेको खबरदारीले मात्रै कारर्बाही हुनेमा आशंका व्यक्त गरेका छन् । 

शनीवार राती सामाजिक सञ्जाल फेसबुक बाट उनले भ्रष्टाचारी विरुद्धमा मुख खोले । तर, आम नागरिकले भ्रष्टाचार विरुद्ध गरेको खबरदरीलाई सडक नाटकको संज्ञा दिएका उनले सरकारले कारबाही गर्ने प्रति आशंका व्यक्त गर्दै प्रर्दशन भन्दा सिधा कारबाही गर्नुपर्ने बताएका छन् । 

उनले नेतालाई नीति बनाउनलाई भोट दिएर जिताएर पठाएको भन्दै जनताले नै कारबाही गर्नुपर्ने आशयको धारणा व्यक्त गरेका हुन् । 

‘‘भ्रस्टाचार बिरुद्धको आन्दोलन ? ?

को नेता हो थाह छ ?

घर कहाँ हो थाह छ ?

सिधै लगेर बागमतीमा चोपाल्नुस । 

यस्तो सडक नाटक धेरै देखी सक्यो हाम्ले ।

पत्याउँदिन म चाँही । 

तपाईँहरुलाई यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन, सिधै कार्बाही गर्नलाई हो, सिधै कार्बाही गर्ने निती बनाउनलाई हो ।’’ बालेनले भनेका छन् । 

सामाजिक सञ्जालमा समसामयिक विषयमा सक्रिय रहने साहले फेसबुक मार्फत् सरकारले भ्रष्टाचारीलाई कार्बाही गर्नेमा आशंका व्यक्त गरे ।