इटहरीः इटहरीमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा रामधुनी १ मा रहेको साई हस्पिटल प्रालिको प्राविधिक सहयोगमा शनिवार रामधुनी ६ बक्लौरीमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको  छ । 

रामधुनी ६ स्थित आदर्श माध्यमिक विद्यालयमा आयोजना गरिएको स्वास्थ्य शिविरमा एक सय भन्दा बढीले आफ्नो स्वास्थ्य जाँच गराएका साई हस्पिटल प्रालिले जानकारी दिएको छ ।

346111001_941820837064599_6446620033734110554_n

हस्पिटलको स्वास्थ्य टोलीले निःशूल्क सुगर तथा प्रेसरको जाँच गर्नुका साथै विरामीलाई औषधी समेत निःशूल्क उपलव्ध गराएका थिए । किसान कल्याण साकोसले आफ्नो संस्थाको बार्षिक कार्यक्रम अन्तर्गत सदस्यहरुलाई लक्षित गरी स्वास्थ्य शिविर आयोजना गरीएको र सो बखतमा नयाँ सदस्य बन्न चाहानेहरुलाई समेत सेवा उपलव्ध गराइएको बताएको छ । यसैविच किसान कल्याण बचत तथा ऋण सहकारी संस्था र साई हस्पिटल रामधुनी विच साकोसका सदस्यलाई छुटमा उपचार  प्रदान गर्ने सम्झौता समेत भएको छ । 

सम्झौता पत्रमा साई हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक दुर्गा प्रसाद फुयाल र साकोसका तर्फबाट संचालक अध्यक्ष शालिकराम ढकालले हस्ताक्षर गरेका छन् । शनिवार भएको स्वास्थ्य शिविरको समापन कार्यक्रमका विच सम्झौतापत्र आदान प्रदान गरिएको थियो । सम्झौता पत्र साई हस्पिटलका तर्फबाट डिल्लिराम भण्डारी र साकोसका तर्फबाट अध्यक्ष ढकालले आदान प्रदान गरेका थिए । सम्झौता अनुसार हस्पिटलले पहिलो बर्षमा साकोसका २५ सय सदस्यलाई सौलियत कार्ड प्रदान गर्ने र छुट सेवा सञ्चालन गर्ने भएको छ ।

346106185_1340438420221752_7104908329373136809_n