काठमाडौंः नेकपा एमालेले पार्टीको बैठकमा ३ पटकसम्म अनुपस्थित भए त्यस्ता सदस्यलाई पार्टी कमिटीबाट हटाउने निर्णय गरेको छ । 

शनिवार पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटीको पाँचौँ बैठकले सूचना ककपाएर पनि अनुपस्थित रहनेहरूलाई कमिटीबाट हटाउने निर्णय गरिएको हो । यस्त ै बैठकमा आउने तर काम नगर्ने प्रवृत्ति सुधार नभएकालाई पनि कमिटीबाट बिदा गर्ने निर्णय गरिएको एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी गराएका हुन् । 

उनले भने, कमिटीको सूचना पाएर पनि विना कारण लगातार तीनपटक बैठकमा अनुपस्थित रहनेहरूलाई कमिटीबाट विदा गर्ने निर्णय भएको छ । बैठकमा आउने तर काममा नजुट्ने बैठक देखि बैठकसम्म मात्र उपस्थिति सदस्यहरुलाई निश्चित समयसम्म सक्रिय हुन र तोकिएको जिम्मेवारी पूरा गर्न प्रेरित गर्ने, सुधार नभए कमिटिबाट विदा गर्ने यो परिपार्टीलाई विस्तारै बलियो बनाउदैँ लाने । 

उनले सदस्यहरु धेरै भएको हुनाले भद्दा भएको कमिटीमा पदाधिकारी बाहेक कुनै सदस्य रिक्त रहे त्यहाँ कुनै पनि सदस्य नथप्ने पनि निर्णय भएको जानकारी पनि दिए । 

पार्टी सदस्यमा शुद्धीकरण र विस्तार कार्य गर्ने, सदस्य नवीकरणको काम गर्ने पार्टी सदस्य सुदृढीकरण र विस्तारको काम गर्ने, कारणवश नवीकरण छुटेकाहरूको असार १५ सम्म जिल्लाले नवीकरण गरेर प्रदेश कमिटीमा पठाउने स्थायी कमिटीको प्रस्ताव केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको छ । 

असार १५ गतेसम्म जिल्ला कमिटीले नवीकरणको अभियान सक्ने र प्रदेश कमिटीमा बुझाउने, असार मसान्तसम्म सबै प्रदेश कमिटीले नयाँ पार्टी सदस्य भएका र नवीकरण गरेकाहरूको विवरण केन्द्रीय सङ्गठन विभागमा पठाउने निर्णय गरेको छ ।