काठमाडौंः नेपाली कांग्रेसका प्रमुख सचेतक, रमेश लेखकले शीर्ष नेताहरुको भेटमा नक्कली भुटानी शरणार्थी प्रकणमा कुनै छलफल नभएको जिकिर गरेका छन् । सिंहदरबारमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकपछि  लेखकले, बैठकमा संसदभित्रकै विषयवस्तुमा छलफल भएको जिकिर गरे ।

‘बजेट, नीति तथा कार्यक्रमका् बिषयमा केन्द्रित भएका छौं। बिषयगत समितिका सभापति, टिआरसी विधेयक, सुनुवाई समितिलगायको बिषयमा छलफल भयो ।’ उनले भने । 

बैठकमा प्रधानमन्त्री समेत रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत सहभागि थिए ।  बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले भने कुनैपनि प्रतिक्रिया दिन चाहेनन् ।