काडमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको पहिलो प्राथमिकता सुशासन भएको जिकिर दाबी गरेका छन् ।
बुधवार काठमाडौंमा निर्मल लामा स्मृति प्रतिष्ठानले आयोजना गरेको २३ औं स्मृतिसभामा उनले, सुशासन, सामाजिक न्याय र संमृद्धिको लागि गम्भीर भएर लागेको दाबी गरे ।
सरकार समाज रुपान्तरणका लागि सामाजिक न्याय सुशासन र संमृद्धिको यात्रालाई नयाँ ढंगले सुुरु गर्ने अठोटको साथ अगाडी बढेको भन्दै उनले आफ्नो काममा साथ दिन अपिल गरे ।
उनले भने, ‘सामाजिक न्याय, सुशासन र संमृद्धिको यात्रालाई नयाँ ढंगले सुरु गर्ने एउटा अठोटको, साथ हामी अगाडी छौं । यहाँहरुले देखि रहनु भएकै छ, सरकारले साना देखि ठूला सम्म राम्रा काम गर्ने राम्रा बाहेक नराम्रा काम गर्दै नगर्ने भनेर हामी लागेका छौ ।’
प्रचण्डले विभिन्न जटिलता राजनीतिमा आइरहने र अहिले पनि त्यस्तै एक परिस्थिति आएको भन्दै सुशासनको निम्ति आफ्नो सरकार गम्भीर भएर, दृढ अठोटका साथ अगाडी बढेको बताए।
प्रधानमन्त्री दाहालले निर्मल लामालाई ३६ सालको आन्दोलनको क्रममा भेटेपछि लामाको अभिव्यक्तिका कारण आफूलाई जीवनभर क्रान्ति गर्ने प्रेरणा मिलेको स्मरण गरे ।
उनले भने ‘लामा जीबाट मलाई क्रान्तिमा परिवर्तनको निम्ति सम्पूर्ण शक्तीको साथमा समर्पित हुने एउटा ठूलो प्रेरणा प्राप्त भएको हो ।’
उनले माओ विचारलाई मान्नेहरु एक ठाउँमा ल्याउनुपर्ने धारणा निर्मल लामाले नै ल्याएको भन्दै उनकै सक्रियताको कारण नेकपा एकता केन्द्र समयमै बन्न सकेको उल्लेख गरे ।