काठमाडौंः नेपाली क्रिकेटले मारेको छलाङ्गको अहिले सर्वत्र प्रसंशा हुन थालेको छ । यो प्रसंशा देशभित्र सरहद भित्र मात्र नभइ अन्तर्राष्ट्रिय जगतमा पनि चुलिएको छ । हुनत विश्व खेल जगतले दक्षिण एसियालाई सम्मानका साथ हेर्ने एउटा माध्यम क्रिकेट हो । तर यही सम्मानको लहरबाट छुटेको नेपाली क्रिकेट अब सम्मानको त्यही मालामा उनिएको छ । अर्थात एसिया कप नेपालको लागि अब नौलो नहुने भएको छ । 

घरेलु मैदानमा तीन महिना अघि सम्पन्न आइसीसी विश्वकप लिग २ मा नेपालले देखाएको प्रसंशनीय प्रदर्शन पछि लय नगुमाएको नेपाली टोलीले अन्ततः आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपका लागि स्थान बनाएको छ । छेउका छिमेकीहरु अर्थात विश्व क्रिकेटका महारथीहरु भारत, पाकिस्तान र श्रीलंकासंग खेल्ने अवसर पाउनु नेपालका लागि पक्कै पनि सुखद र ऐतिहासिक अध्याय बन्नेछ । 


यसपटक एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले गरेको प्रदर्शन सबै खेलमा लोभलाग्दो रह्यो । साउदी अरेबियासंगको खेल बर्षाले विथोलेपनि बाँकी सबै टोलीसंगको नेपालको खेल तारिफयोग्य रहयो । कतारसंग कमजोर प्रदर्शन गरेपनि उस्लाई सस्तैमा समेटेर नेपालल हात पारेका जितले दिएको सन्देश हो – नेपाल जस्तोसुकै परिस्थितिमा पनि जितबाहेक हारसंग सम्झौता गर्न चाहदैन् । पछिल्लो क्रममा आएकाहरुले मात्र नभइ अभर पर्दा नेपाली टोलीका लागि बलरहरुले पनि व्याटिङमा प्राण भर्न सक्छन भन्ने पुष्टि पनि पछिल्ला खेलहरुबाट भएको छ । 

मंगलबार कीर्तिपुरमा अर्को कीर्ति कोर्दा नेपालले क्रिकेटमा अर्को गतिलो फड्को मारेको छ । चीर परिचित प्रतिद्धन्द्धी संयुक्त अरब इमिरेट्स युएईलाई ७ विकेटले हराउँदा नेपालले एसीसी प्रिमियर कपको उपाधि आफ्नो नाममा लेखाउँदै एसिया कपको गौरवशाली यात्रामा पाइला राखेको छ । 

Photo (13)

एउटा नरुचाइएको विवादमा फसेका सन्दीप लामिछानेले यसपटक जुन प्रदर्शन गरे । त्यो जति नै  तारिफ गरेपनि कम हुन्छ । यसपटकको प्रदर्शनका कारण उनी प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । वास्तवमा उनी यस्को लागि हकदार थिए नै । उनको मात्र होइन सिरिजमा हरेक नेपालीको भुमिका र प्रदर्शन कम रहेन । कीर्तिपुरमा घामपानी र स्थान अभावबीच पनि भेला भएका हजारौं क्रिकेट प्रेमीलाई मात्र नभएर समस्त देशवासीलाई उनीहरुले जुन हर्ष र गर्व पेश गरे । त्यो वास्तवमा नै प्रेम र सम्मानयोग्य छ । खेलाडीहरुप्रतिको यही सम्मान र प्रेम पनि मंगलबार कीर्तिपुरमा भेला भएका आम दर्शकले प्रदर्शन गरे नै । 

खेलपछि नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाईले भारत र पाकिस्तानसंग खेल्ने कुराले आफु उत्साहित भएको बताए । यस्तै नेपाली टोलीका प्रशिक्षक रोहितकुमार पौडेलले भारत र पाकिस्तानसंग खेल्ने आफ्नो सपना पूरा भएको बताए । 

प्रशिक्षक देशाईले भने ‘भारत र पाकिस्तानसंग खेल्न पाउनु नेपाली क्रिकेटको उचाई बढ्नु,यस्ले सबैलाई उत्साहित बनाएको छ । ’ 

कप्तान पौडेल भन्छन् ‘सानैदेखि भारत र पाकिस्तानको क्रिकेट हेरेर खेल्न सिके, अब उनीहरुसंगै खेल्न पाउँदा एउटा सपना पूरा हुनेछ । ’ क

नेपालमा स्थापना भएका खेल संघहरुमा जेठो संघ क्रिकेट अर्थात नेपाल क्रिकेट सघ क्यान हो । विसं २००३ सालमा जन्मिएको क्यानले.विकास नै कुर्न र सफलताको ऐतिहासिक फड्को मार्न भने अन्तर्राििष्ट्रय क्रिकेट परिषद् आइसीसीको एशोसिएट सदस्यताको मान्यता नै पर्खनु पर्यो । सन् १९९० मा एसोसिएट सदस्यता लिएपछि अन्तर्राष्ट्रिय मैदानमा औपचारिकरुपमा उत्रन थालेको नेपालले उमेर समूहको खेलमा गरेको एकपछि अर्को उत्कृष्ट प्रदर्शनले आजको सफलता हात दिलाएको हो । नेपालले उमेर समूहको खेलमा यु १९तर्फ छिमेकी भारतलाई पनि हराइसकेको छ । यस्तै सन् २००२ मा न्यूजिल्याण्डमा भएको यु १९ विश्वकपमा पाकिस्तानसहितलाई हराएर प्लेट च्याम्पियनसिपतर्फ फाइनलमा पुगिसकेको छ । 

Photo (10)

अब नेपालका लागि अहिले आएको ऐतिहासिक अवसर हो – एसिया कप । भारत र पाकिस्तानबीको दम्भको कारण ओझेलमा पर्दै आएको एसिया कपमा नेपालले यसपटक कस्तो प्रदर्शन गर्ला त्यो पछिको कुरा हो । तर अहिलेका लागि छनोट नै नेपालको क्रिकेट जगतका लागि ऐतिहासिक र अविष्मरणीय सफलता बनेको छ । 

सरकारको न्यून लगानी, नेपाल क्रिकेट संघ क्यान बढी जसो विवादमा डुब्नु, कुनै योजनाबद्ध विकास एवं भौतिक पूर्वाधारको अभावबीच पनि स्वतस्फुर्तरुपमा उठेको नेपाली क्रिकेट अब पछाडि फर्कनेवाला छैन् । यही कारण पनि सरकार र उस्का खेल निकायहरु अब थप गम्भीर बन्न आवश्यक छ । नेपाल न्युज बैंक