प्रकाश बन्जारा 

 इटहरीः  स्थानीय तहले लोकसेवा आयोगसँगको परामर्शविनै स्तरवृद्धि गरेका कर्मचारीको स्तरवृद्धि रद्ध हुने भएको छ । 

महालेखा परिक्षकको साठ्ठीऔँ लेखा परिक्षण प्रतिवेदन अनुसार महानगरपालिका, उपमहानगर पालिकाहरुले गरेको स्तरवृद्धि नियमसम्वत नभएको भन्दै रद्ध गर्न भनेको छ भने तलवभत्ता समेत फिर्ता गर्न निर्देशन गरेको छ । 

महालेखा परीक्षकको कार्यालयहरुले विभिन्न स्थानीय तहले गरेका कर्मचारीहरुको स्तर बृद्धि रद्ध गरी तलब भत्ता बेरुजुमा राखिएको छ । प्रतिवेदन अनुसार भरतपुर महानगरपालिका,इटहरी उप महानगरपालिका,घोराही उप महानगरपालिका,जनकपुरधाम उपमहानगरपालिका,धरान उपमहानगरपालिकाहरुले गरेको कर्मचारीको स्तरवृद्धि (बढुवा) नियमविपरीत भएको ठहर गर्दै रद्द गर्न भनेको छ ।

341806151_563601952421508_953055380852292017_n

भरतपुर महानगरपालिकाले कर्मचारीको स्तरवृद्धि बागमती प्रदेश लोक सेवा आयोगको परामर्श नलिई महानगरपालिकाले कार्यरत कर्मचारीहरूको १३६ कर्मचारीको एक तह बढुवा गरेकोमा ८४ कर्मचारीको तह वृद्धि रद्ध गरीएको हो  । 

इटहरी उपमहानगरपालिकाले कोशी प्रदेश लोक सेवा आयोगको परामर्श बेगर ४९ कर्मचारीको स्तर वृद्धि गरी यो वर्ष रू १४ लाख ३२ हजार भुक्तानी दिएको थियो भने । आयोगको परामर्श बेगर स्तरवृद्धि गरी खर्च लेखेको रकम असुल गर्नुपर्ने प्रतिवेदनमा औल्याइएको छ ।

यस्ते कोशी प्रदेश अन्तर्गत सुनसरीको धरान उपमहानगरले नियमविपरीत ३९ कर्मचारीको स्तरवृद्धि गरेको थियो। आयोगले कर्मचारीको स्तरवृद्धि नियमसम्मत नभएकाले रद्द गरेको जनाएको छ। सो समयमा कानुनविपरीत भनेर कुरा उठे पनि सम्बन्धित निकायमा उजुरी नपरेका कारण बढुवा प्रक्रियालाई नगर सभामा निर्णय गरेर कर्मचारीहरूले तलब–भत्ता खाँदै आएका थिए । 

2 (1)

तह वृद्धिको निर्णय रद्द हुँदा ६८ कर्मचारीलाई खाईपाई आएको भन्दा मासिक रू १ लाख १८ हजारले चाडपर्व खर्च सहित हुन आउने रू १५ लाख २९ हजार र सञ्चय कोष बापत रू १ लाख ४१ हजार समेत गरी हुने जम्मा १६ लाख ७० हजार बढी भुक्तानी गरेको छ । उक्त रकम असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

यता दागंको  घोराही उप महानगरपालिकाले स्थानीय तहका कर्मचारीहरूको तह वृद्धि सम्बन्धी कार्यविधि २०७८ जारी गरी यो वर्ष ५९ कर्मचारीको स्तर वृद्धि गरी सो बापत रू ९ लाख ९८ हजार खर्च लेखेको हुँदा स्तरवृद्धिको निर्णय खारेज गरी रकम असुल उपर गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Admission Open NNew 1

मधेश प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा २ (झ) को व्यवस्था प्रतिकूल हुने गरी जनकपुरधाम उप महानगरपालिकाले कर्मचारी समायोजन (स्तर वृद्धि) ऐन, २०७७ जारी गरेको र प्रमुख प्रशासकीय अधिकृतको २०७८÷ १÷३० को निर्णयबाट ६९ र २०७८ । ६ । १ को निर्णयले २६ कर्मचारीको स्तरवृद्धि गरेको र उनीहरुलाई तलब भुक्तानी गर्दा १९ लाख ८४ हजार बढी व्ययभार पारेको,यस्तै सोही निर्णयअनुसार जेठ महिनादेखि लागू हुने गरी स्तर वृद्धि भएका कर्मचारीले ग्रेड वृद्धि एक वर्ष पछिको जेठ महिनामा मात्र पाउनेमा स्तरवृद्धि भएको दुइ महिना पछिनै पुनः २०७८ श्रावण देखि ग्रेड वृद्धि समेत थप गरी भुक्तानी गर्दा ६१ कर्मचारीलाई रू ८ लाख ३७ हजार बढी भुक्तानी भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

संविधानको व्यवस्था बमोजिम स्थानीय तहहरुले कर्मचारी सम्बन्धी कानून हालसम्म नबनेको र प्रदेश लोक सेवा आयोगबाट परामर्श समेत नलिएकोले उक्त स्तरवृद्धि सम्बन्धी निर्णय कानून सम्मत नदेखिएको प्रतिवेदनमा औल्याइएको छ ।