कठमाण्डौंः  नेपाल पेशागत महासंघको  अधिवेशन काठमाण्डौमा सम्पन्न भएको छ । अधिवेशनले २५ बुँदे मागपत्र पारित गरेको छ भने आगामी ४ बर्षका लागि नयाँ कार्यसमित समेत चयन गरेको छ । 

बिहिबार काठमाडौंमा महाधिवेशन गरेका निर्णय र नयाँ कार्यसमिति चयनका बारेमा जानकारी दिने उद्धेश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा जारी प्रेश विज्ञप्ती मार्फत पेशागत महासंघ नेपालले यस्तो माग गरेको हो । 

२९ ट्रेड युनियन, ४० प्रतिष्ठान तथा ७७ जिल्लाका प्रतिनिधिको उपस्थितीमा भएको महाधिवेशनले सुमधुर श्रम सम्बन्ध कायम गर्दै उत्पादन र उत्पादकत्व अभिवृद्धिमा सहयोग पुर्याउने साथै श्रम ऐन तथा ट्रेड युनियन ऐनको संसोधनको समेत माग गरेको छ । 

राष्ट्रसेवक कर्मचारीले प्रप्तगर्ने बीमा औषधी उपचार सुविधा लगायतका सुविधलाई समेत आयको रुपमा गणनाा गरी १५ प्रतिशत आयकर लगाउने परिपाटी रहेको भन्दै त्यसको खारेजको समेत महाधिवेशनले माग गरेको छ । 

335585401_176278165187281_772555955708571780_n

संघीयताको सात बर्षमा पनि कानुनहरु निर्माण नगरेको भन्दै संघीय सरकारलाई कानुनको निर्माणमा लाग्न माग गर्दै महाधिवेसनले कर्मचारीले भोगेको समस्याको समाधान यथासिघ्र गर्न समेत माग गरेको छ । 

सरकारी कार्यलय विद्यालय तथा क्याम्पसहरुमा रिक्त दरबन्दीहरुमा स्थायी पदपुर्ती गर्न र करार तथा ज्यालादारी कर्मचारी नराख्ने नीति बनाउन सरकारको ध्यानाकर्षण गरिएको छ । 

अधिवेशनले प्रेमलकुमार खनालको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कृष्णमान श्रेष्ठ, उपाध्यक्ष महिलता तर्फ प्रभादेवी बज्राचार्य, उपाध्यक्षमा रामप्रसाद रिमाल, उपाध्यक्ष मधेशी तर्फ योगेन्द्र राय चयन भएका छन् । यस्तै अन्य उपाध्यक्षहरुमा किशोर कुमार नेपाली , धरणीधर अधिकारी, क्मित बहादुर बस्नेत र हरिप्रसाद जोशी छन् भने जनजाति तर्फको उपाध्यक्षमा शरणकुमार गुरुङ चयन भएका छन् । समितीको सभामुखमा शंकरप्रसाद सुवेदी , उपसभामुखमा सिन्धु पाण्डे , लेखा संयोजकमा भोलानाथ उपाध्याय चयन भएका छन् भने लेखा सदस्यमा घनबहादुर खत्री, सरोज कुमार भण्डारी चयन भएका छन् भन् । यता महासचिवमा राजन रेग्मी, उपमहासविचमा सुर्यप्रसाद अधिकारी, महिला उपमहासचिवमा सीता कुमारी ओझा, उपमहासचिवमा पुर्णबहादुर बुढा, रामकुमार महत र मधेशीतर्फ विश्वनारायण मिश्र चयन भएका छन् । समितिको सचिवमा महिला तर्फ भवानी खड्का र पुरुषमा विकास सिलवाल र रामप्रसाद आचार्य चयन भएका छन् भने कोषाध्यक्षमा ध्रुवप्रसाद पौडेल र सहकोषाध्यक्षमा हरिदेव यादव छन् ।