दुर्गा उप्रेती

हेरन फेरी पनि नारी दिवस आएछ हैन ?  अन्तराष्ट्रिय नारी दिवस  । 

तिमीले एउटा पुरुष भए पनि कति धेरै नारीको आवाज बोलेको छौ है ? 

कहिले माईती घरमण्डला पुग्यो कहिले ठुला ठुला गोष्ठी सभामा अथवा होटलहरुको बैंठक कोठामा बोल्यौ । 

तिमीले महिला पुरुष बराबर छोरा छोरी बराबर हैन समान अधिकार हुन पर्छ भन्दै ठुलो ठुलो आवाजले कराएको घाँटी सुक्ने गरी करायौँ । 

तिम्रो नि त्यो विवशता हो वा नुनको सोँझो । 

युरोपको युरो, अमेरिका, क्यानडा, अष्टे«लियाको डलर पचाउन थियो के गर्नु एनजिओको डलर पचाउन नारी बादी हुने बाध्यता पनि थियो तिमिलाई । 

images

अचम्मको कुरा त के भने नी, यति ठुलो महिलावादी पुरुष तिमी छोरीलाई महिनावारी हुँदा सेनेटरी प्याड किन्न जाने भनेको कुनै अपराध गरे जस्तो ठान्छौ । 

श्रीमतीलाई भान्सामा सगाउँदा कलियुगको अन्त्य होला जस्तो गर्छौ किनकी यो त महिलाको काम हो नी, तिमी त पुरुष । 

तिमीले छोरोसँग बोलेको अस्तिको गफ सुने ,छोरो मान्छे भएर डराउनु हुन्न अघि बढ्नु पर्छ त्यो छोरीलाई नी संगै राखेर कोही नी डराउनु हुँदैन दुवै जना मेहनत गर, अघि बढ भनेको भएनी हुन्थ्यो नि है । 

तर तिमीले पनि डलरको लागी नारीबादी बनेको उही पुरुष न हौ जसले नारीलाई सशक्तिकरण होइन, शोषणकरणीमै सिमीत गर्ने । 

जे होस तिम्रो आखाँ चाही खुलुन । तिमीले बिर्षेको धर्ती आमा दिदि बहिनी अर्धागिंनी  छोरी तिम्रा साहारा हुन । उनी विना तिमी तिमी हुने थिएनौ ।  तिमी र तिमी जस्तै सबै नारी बादी पुरुषलाई नारी दिवसको शुभकामना । महिला पुरुष बराबर परिवर्तन घरबाटै शुरु गरौँ ।