काठमाडौँः पश्चिमी वायुको प्रभावसँगै देशभर बदली हुँदा चिसो बढेको छ । आइतबार साँझदेखि भएको बदलीका कारण चिसो ह्वात्तै बढेको हो ।

कर्णाली र सुदूरपश्चिम भेगमा भएको हल्का वर्षा तथा हिमपातले हिमाली भेगको चिस्यान पनि अहिलेको बदलीमा मिसिएकाले थप चिसो महसुस भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम विश्लेषण

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

हाल मौसमको अवस्था

हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ।

२०७९ माघ १७ गते (मंगलबार)

दिउँसोː देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीː देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७९ माघ १८ गते (बुधबार)

दिउँसोː प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीː प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७९ माघ १९ गते (बिहीबार)

दिउँसोː प्रदेश १, मधेश प्रदेश , लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीː प्रदेश १, मधेश प्रदेश , लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

सुदूरपश्चिम प्रदेश, कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको र देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको साथै तराईका केही स्थानहरूमा बिहानीपख लाग्ने हुस्सुरकुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन अनुरोध छ ।

नोट ː हुस्सुरकुहिरो सम्बन्धी थप जानकारीको लागि हरेक बिहान ९.३० बजे मौसम पूर्वानुमान महाशाखाले जारी गर्ने हुस्सुरकुहिरोरशितलहर बुलेटिन हेर्नु हुन अनुरोध छ। रासस