धरानः धरान १४ हात्तीसारमा रहेको केन्द्रीय प्रविधि क्याम्पसमा भएको खुला गजल प्रतियोगितामा उपेन्द्र पोखरेल पहिलो भएका छन् । ७ प्रतियोगीलाई पछि पार्दै खाद्य प्रविधि तेस्रो वर्षका पोखरेल पहिलो भएका हुन् । प्रतियोगितामा को दोस्रो, तेस्रो र सान्त्वना स्थान क्रमशः प्रेसिका निरौला चिरञ्जीवी बेलबासे र अन्जन भट्टराईले पाए ।

हात्तीसार साहित्यिक मञ्चको आयोजनामा भएको कार्यक्रमको निर्णायकमा सहप्राध्यापक सुभाषचन्द्र न्यौपाने र गजलकारद्वय जीबी गजल र विराट अनुपम रहेका थिए । क्याम्पस प्रमुख धनबहादुर कार्की प्रमुख अतिथि र प्रा.डा. भीम खतिवडा विशेष अतिथि रहेका थिए ।

कार्यक्रममा थुप्रै अप्रतियोगी गजल, कविता र गीत पनि प्रस्तुत गरिएको मञ्चका अध्यक्ष अर्जुन धमलाले बताए ।

gajal pratiyogita  (1)