इटहरीः दक्षिण एसियाली राष्ट्रहरुको संयुक्त संस्था सार्कका महासचिव इशला रुवान विराकोनले रामधुनी नगरपालिका वडा नम्बर ४ मा रहेको रामधुनी मन्दिर र इटहरीको कृष्ण प्रणामी मन्दिरको दर्शन अवलोकन गरेका छन् । 

शुक्रबार पूर्वी नेपालका धार्मिक तथा पर्यटकिय क्षेत्रको अवलोकन भ्रमण इटहरी आएका विराकोनका दम्पतीको रामधुनी नगरपालिकाका मेयर तथा उपमेयरले स्वागत गरेको थिए भने रामधुनी मन्दिरमा मन्दिर व्यावस्थापन समितिका अध्यक्ष डिल्लि कार्कीले स्वागत गरेका थिए । 

रामधुनी मन्दिर दर्शनका क्रममा विराकोन दम्पतीलाई सामाजिक अगुवा डिल्लिराम भण्डारी, रामधुनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल बहादुर थापा, साई हस्पिटल प्रालिका दुर्गा प्रसाद फुयाल लगयातले रामधुनी मन्दिरको महत्वको बारेमा बताएका थिए । 

327637365_5824391547639149_3240174198075323150_n

महासचिव विराकोनले इटहरीको  श्रीकृष्ण प्रणामी मन्दिर तथा गंगा जमुना मुक्तिधामको समेत भ्रमण गरेका थिए । 

         उक्त अवसरमा रामधुनिनगरपालिका तथा इटहरी उपमहानगरपालिकाका नगरप्रमुखले विशेष  स्वागत सम्मान गर्दै उपमहानगरको तर्फबाट कार्ययोजना प्रस्तुत गर्दै सहकार्यको प्रस्ताब गरेको मुक्तिधामका अध्यक्ष हेम प्रसाद घिमिरेले बताए । घिमिरेले   संस्थाको तर्फ बाट सम्पुर्ण बिशिष्ठ अतिथीलाइ स्वागत स्वागत गरेको थिए । 

इटहरीमा भएको छोटो औपचारिक कार्यक्रममा  श्री कृष्ण प्रणामी सेवा समिति  नेपालका निबर्तमान अधक्ष श्री श्याम के सि को  समेत उपस्थिति रहेको थियो । केसीले हाम्रा अतिथि लाइ प्रणामि समाजले गरेका सामाजिक कार्यको बारेमा प्रष्ट पारेका थिए ।  

धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विश्वासमा चिनाउनु पर्छ भन्ने मान्यता अनुरुप मुक्तिधाम र रामधुनी मन्दिरमा महासचिवलाई भ्रमण गराइएको  डिल्लि राम भण्डारीले बताएका छन् ।

327492640_588402202625247_7957388855033600587_n