काठमाडौंः  सिड्नीको ओलाई क्रिकस्थित खोलामा गोरखाका एक युवक नेपाली  मृत फेला परेका छन् । गोरखा स्थायी घर भएका रुपक थापाको शब खोला भेटिएको हो । 

एनआरएनए अष्ट्रेलिया अध्यक्ष नन्द गुरुङका अनुसार थापाको शव भेटिएको घटना बारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । मृतक रुपक थापाको शव परिवारलाई पठाउन मृतकका भाईको पहलमा गोफण्ड मि अभियान सुरु गरिएको छ ।

नेपालस्थित परिवारलाई शव पठाउन सुरु गरिएको सहयोग संकलन अभियान र शव पठाउन आवश्यक सबै सहयोग गर्ने बाचा पनि एनआरएन अध्यक्ष गुरुङले गरेका छन् । गो फण्ड मी मार्फत ८ हजार डलर उठाइने बताइएको छ ।

मृत्क थापा सन २०९ मा नेपालको गोरखाबाट अष्ट्रेलियाको सिड्नी आएका थिए ।