काठमाडौँः पाँच बर्ष अघि रोजगारका लागि मलेसिया पुगेका सुनसरीका एक युवाको सुतेकै अवस्थामा आइतबार निधन भएको छ । 

सुनसरीको रामधुनी नगरपालिका ८ घर भएका विक्रम आचर्यको सुतेकै अवस्थामा आइतबार निधन भएको हो ।  

उनि मलेसियाको क्वालालाम्पुर क्षेत्रमा सेक्युरिटी गार्डको रुपमा कार्यरत रहँदै आएका थिए । मलेसियाबाट  उनका साथी अविरल बहादुर क्षेत्रीले दिएको जानकारी अनुसार आचार्यको सुतेकै अवस्थामा निधन भएको हो  ।

parcha (1)

आचार्य विगत पाँच बर्षदेखी मलेसियामा रहेका उनि पछिल्लो समय सुरक्षा गार्डका रुपमा कार्यरत रहेका थिए । भनेजस्तो काम नभएको कारण कम्पनी परिवर्तन गरेर अबैधानिक रुपमा  मलेसिया बस्दै आएका आचार्य घर समेत आउन पाएका थिएनन् । अबैधानिक रुपमा काम गरेका कारण उनले चाहेर पनि घर आउन पाएका थिएनन् । 

आर्चाय अवैधानिक रुपमा मलेसिया बस्दै आएको हुनाले उनको शव चाँडो नेपाल फर्काउन समस्या हुनसक्ने भएकाले सम्बन्धित पक्षले मलेसियास्थित नेपाली दुतावास र नेपाल सरकारको सम्बन्धित निकायको ध्यानाकर्षण गरेको क्षेत्रीले बताए  ।