अष्ट्रेलियाः पानीमा डुबेर  अष्ट्रेलियाको सिड्नीमा नेपाली युवतीको ज्यान गएको छ । पानीमा डुबेर  सम्पदा निरौलाको ज्यान गएको हो । 

 सिड्नीको क्रोनोला विचमा उनि डुबेकी थिइन उनको सेन्ट जर्ज अस्पतालमा उपचारका क्रममा उनको ज्यान गएको स्थानीय प्रहरीले जनाको छ । 

प्रहरीले उनलाई  क्रोनोला विचमा पानीबाट अचेत अवस्थामा निकालेको थियो । 

त्यसपछि पारामेडिक्सको टोलीले घटनास्थलमा प्राथमिक उपचार गरेर हेलिकप्टरमार्फत अस्पताल लगेको थियो । तर उनको उपचारकै क्रममा  सेन्ट जर्ज अस्पतालमा निधन भयो । उनि  २१ बर्षकी थिइन् ।

उनका परिवार र आफन्तले नेपाल सरकारको  कमजोरीको कारणले आफुहरुले नेपाल झिकाएर पशुपति आर्यघाटमा अन्तिम दाह संस्कार समेत गर्न नपाएको गुनासो गरेका छन् ।