इटहरीः जिवितै बच्चालाई मृत घोषणा गरेको विषयलाई लिएर समाचार संकलनका लागि कोशी अस्पताल पुगेका पत्रकार सोनु कुमार दासमाथि त्यहाँमा मेडिकल सुपरिटेन्डेन्ट लक्ष्मि नारायण यादवले हातपात गरेका छन् । 

१८ दिनको शिशुलाई मृत घोषणा गरेको बच्चा जिवितै पाइएपछि आफन्तले बच्चालाई विराटनगरकै गोल्डेन अस्पतालमा राखेर उपचार गराइराखेका छन् । सोही विषयमा सोधपुछ र समाचार संकलनका लागी त्यहाँ पुगेका पत्रकार दासलाई  मेसु यादवले तिमीलाई कोठाबाट बाहिर निकाली दिन्छु भन्दै हातपात गरेको पत्रकार दासले आफ्नो सामाजिक संजालमार्फत बताएका छन् । 

 खोइ कहाँ छ सरकार ? स्वास्थ्य मन्त्री र सरकार ? भन्दै सामाजिक सञ्ंजालमै पत्रकार दासले प्रश्न गरेका छन् ।  

जिवितै रहेको बच्चालाई मृत भनेपछि , कोशीको लापार्वाही हद पार गर्यो भन्दै  लाइभ न्यूजको टिम कोशीको सुपरिटेन्डेन्ट डा.लक्ष्मीसँग यस विषयमा आधिकारीक धारणा माग्दा हातपात भएको पत्रकारको भनाई छ ।

325665307_1386349195442878_621904594064384937_n

मेसु यादव आफु केही नबोल्ने बताउँदै पत्रकारलाई बाहिर निकालीदिने बताएका थिए  ‘, म केही बोल्दिन ,तिमीलाई कोठाबाट बाहिर निकालिदिन्छु भने पछि , हामीले त्यस पछि उनिसँग सोध्ने प्रयास गर्यौं । उनले मलाई हातपात गर्दै बाहिर निकाले । तिमिलाई जे गर्नु छ गर भने  । पछि माफि माग्छु भन्दै थिए ।’ पत्रकार दासले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ।  शिशुलाई मृत घोषणा गर्ने डाक्टर मेसुको आफन्त रहेको पत्रकार दासको भनाई छ ।