इटहरीः ६ बर्षदेखि कोरियामा रोजगारी गरिरहेका भोजपुरका एक युवाको मेसिनमा टाउको च्यापिएर मृत्यु भएको छ । 

 भोजपुर घर भई याङसानमा कार्यरत तिर्थ पाण्डेको मेसिनमा टाउको च्यापिएर मृत्यु भएको हो  । गत बिहीबार कार्यस्थल मेसिनमा टाउको च्यापिएर उनको घटनास्थलमै ज्यान गएको गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष सञ्जिव राईले बताए ।

ईपीएस मार्फत कोरिया आएका उनी ६ वर्षदेखि कार्यरत थिए । फलाम काट्ने काम हुने उक्त कम्पनीमा पटक पटक दुर्घटना दोहोरिने गरे पनि बोनस मनग्य पाइने लोभमा नेपाली कामदारले काम गरिरहेको बताइएको छ ।

मृतक पाण्डेको शव याङसान अस्पतालमा राखिएको छ । त्यस्तै यस अघि पनि गत वर्ष पनि एकजना नेपालीले एउटा हात गुमाएका थिए ।