इटहरी । बजारमा रगतको चरम अभाव रहेको भन्दै इटहरीमा रहेको इन्खा एकिकृत अस्पताल प्रालिले बुधबार रक्तदान गर्ने भएको छ ।
इटहरीमा रहेको पुर्वेली क्लवसँगको सहकार्यमा अस्पतालले रक्तदान कार्यक्रमको आयोजना गर्न लागको हो । बजारमा रगतको अभावलाई केहि मात्र भएपनि क मगर्न रक्तदान कार्यक्रम गर्न लागिएको इन्खा एकिकृत अस्पतालका डा खगेन्द्र ओलीले बताएका छन् ।
यता पुर्वेली क्लवका झलक वनले पनि बिभिन्न अस्पतालहरुमा रगतको चरम अभावका कारण विरामीहरुले धेरै समस्या झेल्नु परेको भन्दै सोहि अवस्थालाई मध्येनजर गरी रक्तदान कार्यक्रमको आयोजना गरिएको बताएका छन् । इटहरी भुगोलमा रहेको रत्तदातालाई रक्तदान कार्यक्रममा सहभागि हुन पुर्वेली क्लव र इन्खा एकिकृत अस्पताल दुवैको आग्रह छ ।
रक्तदान कार्यक्रम इटहरी ४ मा रहेको इन्खा एकिकृत अस्पतालमा बुधबार विहान ८ बजेदेखि हुने बताइएको छ ।