धरानः बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कर्मचारी कल्याण समाजको अध्यक्षमा महेश्वर राईले उम्मेदवारी घोषणा गरेका छन् ।
आइतबार पत्रकार सम्मेलन गर्दै राईले कल्याण समाजको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । समाजको निर्वाचन पुष २३ गते हुदैछ । पत्रकार सम्मेलनमा अध्यक्ष प्रत्यासी राई भने, ‘कर्मचारीहरुको पेशागत हकहित र प्रतिष्ठान विकासका लागि उम्मेदावरी हो ।’ उनले कर्मचारीहरुको हकहितमा आवाज बुलन्द गर्दै आएको बताए ।
उनले भने, ‘कर्मचारीहरुको अधिकार, पेशागत हकहित र प्रतिष्ठानको विकासको लागि काम गर्न सक्छु भनेर उम्मेद्वारी दिएको हुँ ।’ पेशागत हकहित, अधिकारको लागि व्यवस्थापनलाई छलफलबाट प्रभावमा पार्ने, दबाब दिने लगायत गतिविधि गर्नुपर्ने भएपनि रचनात्मक सहकार्य र सहयोग मात्र हुने उनकोे भनाईछ ।
उनले कुनै पार्टी सदस्यता नभएको बताएका छन् । उनले भने, ‘कर्मचारी हरेसम्म सदस्यता लिन्न ।’ निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक मतदाता संख्या १ हजार ३२६ रहेको छ ।