इटहरीः हुम्लाको एउटा दुर्गम गाउँबाट इटहरी आएकी तारा भट्टराईको गजलसग्रह ‘हुम्लाकी तारा’को बुधबार इटहरीमा बिमोचन गरिएको छ । 

हलेसी महादेव मिडिया प्रालिको आयोजनामा होटल इन्टुरिष्टमा आयोजित एक कार्यक्रमका बिच ताराको पहिलो कृति स्वरुप  ‘हुलाकी तारा’ बिमोचन गरिएको हो । 

भट्टराइद्वारा लिखित गजल संग्रह ‘हुम्लाकी तारा’  इटहरीका बिशिष्ट ब्यक्तीत्व , साहित्यकार , गजलकार , कविकार , पत्रकार नागरिक समाजका प्रतिनिधी लगायतको उपस्थितीमा बिमोचित भएको हो । 

कार्यक्रममा हलेसी महादेव मिडीया प्रालिका सञ्चालिका तथा महिला सञ्चारकर्मी सुभद्रा प्याकुरेलले हुम्ला जस्तो बिकट ठाउँबाट इटहरी आएर ताराले गरेको संघर्ष र प्राप्त गरेको सफलताबारे बताइन्  । 

318013941_513918547400195_1491942689084118675_n

इटहरीको जनता कलेजकी प्राध्यापक तथा वरिष्ठ कवियत्री एवम् गजलकार टिका पौडेल आत्रेयको प्रमुख अतिथीमा सम्पन्न कार्यक्रममा अग्रज पत्रकार तथा भाषाबिद कृष्णबिनोद लम्साल, गजलकार जिवी गजल , पत्रकार बिराट अनुपम , साहित्यकार तथा पत्रकार सुविद गुरागाई , लगायतले गजलकार  तारा भट्टराइलाई शुभकामना प्रदान गरेका थिए ।

पुस्तककी रचनाकार  तारा भट्टराईले बिकट ठाउमा बालबिवाह र महिनावारी हुँदा छाउपडी प्रथाको बिरोध गर्दै उक्त गजल संग्रह प्रकाशनमा ल्याएको बताइन् । हुम्लाकी तारा इटहरीलाई कर्मथलो बनाएर सञ्चारकर्मसँगै गजल लेखन वाचनमा क्रियाशिल छिन् ।

313779449_696466741891216_5265815274797730573_n