इटहरीः २०७८ सालमा नेपाल सरकार राष्ट्रिय परिक्षा बोर्डबाट सञ्चालित एसईई परिक्षामा उत्कृष्ट अंक ल्याएर उत्रिर्ण हुने एक छात्र र एक छात्रालाई रामधुनी प्यापसनले सम्मान गरेको छ ।
शनिवार रामधुनीको झुम्कामा आयोजना भएको प्यापसन रामधुनीको साधारणसभाको अवसर पारेर उत्कृष्ट अंक ल्याउने एक छात्र र एक छात्रालाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा रामधुनी ५ को युनिक एकेडेमिकी छात्रा युनिशा कट्वाल र नवकिरण इङ्गिलस स्कुलका छात्र सचिन न्यौपाने रहेका छन् ।
उनिहरुले २०७८ को एसइई परिक्षामा रामधुनी भरीमै उत्कृष्ट अंक ल्याएर उत्रिण भएका थिए । सम्मान–पत्र हस्तान्तरण गर्दै प्रमुख अतिथि अनुप योन्जनले उज्जव भविष्यको कामना समेत गरे ।
उनिहरु दुवैलाई प्यापसन रामधुनीका अध्यक्ष अच्युत ढकाल र कार्यक्रमका प्रमुख अतिथी सुनसरी प्यापसनका अध्यक्ष अनुप योन्जनले दोसल्ला र सम्मान–पत्र हस्तान्तरण गरेका थिए ।