इटहरीः कतारमा जारी फिफा विश्वकप फुटवल प्रतियोगितामा आज ब्राजिलका लोकप्रिय खेलाडी नेमार मैदानमा आउने भएका छन् । 

राउण्ड अफ १६ अन्तर्गतको दोस्रो खेलमा ब्राजिल र कोरियाविच प्रतिस्पर्धा हुने भएको हो । 

पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । अल जानुब स्टेडियममा हुने जापान र क्रोएसियाबीचको खेल राति ८ः४५ बजे सुरु हुनेछ ।

जापान समूह ’ई’ बाट  विजेता र  क्रोएसिया समूह ’एफ’ बाट उपविजेता बनेर टप १६ मा पुगेको हो । 

स्टेडियम ९७४ मा हुने ब्राजिल र दक्षिण कोरियाबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ बजे हुने छ ।  दुवै टिम क्वाटर फाइनलमा  स्थान बनाउने योजनामा छन् ।  

ब्राजिल समूह ’जी’ को विजेता र दक्षिण कोरिया समूह ’एच’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।