प्रकाश बन्जारा / राजन भट्टराई 

इटहरीः  पेट्रोलियम पदार्थको मुल्यवृद्धि भएपछि बिकल्पको खोजी शुरु भएपनि नेपालको तराई भेगमा उपलव्ध विद्युतीय सवारी साधनले माग धान्न सकेको छैन ।  

वातावरण प्रदुषण कम हुने साथै तेल पनि हाल्नु नपर्ने भएपछि विद्युतीय साइकल र स्कुटर किन्नेहरुको भिड हुनुपर्ने हो तर अपेक्षा गरिएअनुसारको बजार नभएको पुर्वको शहर इटहरीका व्यापारीहरु बताउँछन् । 

धेरै युवाहरु तिव्र गतिको बाइक रोज्ने भएकाले पनि विद्युतीय स्कुटरहरुको बजार अपेक्षित नभएको इटहरीको शुभलक्ष्मी इन्टरप्राइजेजका प्रोपाइटर आशिष कुमार गुप्ता बताउँछन् । 

लामो समयदेखि विद्युतीय इ–रिक्सा तथा दुई पाँग्रे सवारीको बिक्री गरीरहेका आशिष अहिले विद्युतीय साइकल, इ–रिक्सा र स्कुटर पनि बिक्री गर्दैछन् । मुस्कान, स्याव, काईसाई कम्पनीका साइकल तथा स्कुटरहरु आफुले बिक्री गरीरहेको बताउँने आशिष महिनामा ७ देखि १० वटा सम्म साइकल बिक्री गरीरहेको बताउँछन् । 

आशिषले इ –साइकल ६० हजार रुपैँया देखि माथिको मुल्यमा पाइने बताए । पेट्रोलियम पदार्थको लगातारको मुल्यवृद्धिका कारण विद्युतीय सवारीमा अवको पुस्ताले रुचि बढ्ने र राम्रो व्यापार हुने आशा आशिषको छ । राज्यले विद्युतीय साइकल तथा रिक्सामा कर देखि लिएर ठाउँ ठाउँमा चार्जिङ्ग स्टेसनहरु समेत बनाइदिए देखि बजार बढ्ने आशिष बताउँछन् । 

317334621_584104300150390_1109820561432040484_n

यता सन्  २०१५ देखि नै विद्युतीय स्कुटर तथा रिक्साहरुको व्यापार गर्दै आएको जेविएस अटो ट्रेडर्सका प्रोपाइटर विद्युतीय साइकल तथा स्कुटरको सोधपुच बढि भएता पनि व्यापार अपेक्षित नभएको सुनाउँछन् । 

पुर्वको शहरमा प्रतिघण्टा ३५ किलोमिटर देखि ५५ किलोमिटर सम्म कुदाउन सकिने विद्युतीय दुई पाँग्रे सवारी साधनमात्रै रहेकाले युवा पुस्ताले त्यो भन्दा बढि गतिमा कुद्ने सवारी खोज्ने हुँदा विद्युतीय दुई पाँग्रेको बजार अपेक्षित नभएको बताउँछन् । 

कागजमा सिमित सरकारी नियम, नितिगत झण्झट तथा भन्सारमा गरिएको भारी करका कारण विद्युतीय सवारीको विक्रीमा सुधार नआएको जेविएसकी प्रोपाइटर संगीता कुमारी जैशवाल बताउँछिन् । 

पेट्रोल तथा डिजेलबाट चल्ने सवारी भन्दा ९० प्रतिशत खर्च बचत हुने विद्युतीय साइकल तथा स्कुटरहरु नजिकको दुरीमा यात्रा गर्नेहरुका लागि अति उतम विकल्प हुन्छन् । वातावरणीय प्रदुषण नहुने, खर्च बचत हुने, साथै समयमा गन्तव्यमा समेत पुग्न सकिने हुँदा अव विद्युतिय सवारी रोज्नु पर्ने विज्ञहरुको सुझाव छ । 

इटहरीको पश्चिम लाइनमा नवदुर्ग इ–भेहिकल प्रालिले पनि विगत ३ महिना देखि लुयान कम्पनीका विद्युतीय स्कुटरहरुको बिक्री शुरु गरेको छ । तेलको महंगीमा विद्युतीय स्कुटर तथा साइकलहरु सडकका लागि उत्तम विकल्प हुने भएकाले पनि यसको बिक्री गर्न थालेको यसका प्रोपाइटर मध्येका गणेश कार्कीले सुनाए । 

एक पटक फुल चार्ज गरेपछि ७० देखि ८० किलोमिटर सम्म कुदाउन सकिने यी स्कुटरहरु प्रतिघण्टा ६० देखि ६५ किलोमिटर सम्मको गतिमा कुद्ने कार्कीको भनाई छ । 

316736212_699813804729372_6128256795807783821_n

लुयानका स्कुटरमा नवदुर्गा इ–भेहिकल प्रालिले मोटरमा २ बर्ष र व्याट्रीमा एक बर्ष वारेन्टि दिने गरेको छ ।  यस्ता स्कुटरहरु ३ घण्टा देखि लिएर ५ घण्टा सम्ममा फुल चार्ज भइसक्छन् । आफ्नो ब्राण्डलाई भने युवाहरुले पनि माया गरेको कार्कीले सुनाए । अहिले सम्म कार्कीले १५ वटा विद्युतीय दुई पांग्रे बिक्री गरीसकेको उनले बताए । 

सामान्य तथा ३५० वाट भन्दा बढिका विद्युतीय सवारीहरुको लागि सवारी चालक अनुमति पत्र चाहिने र सो भन्दा कमका स्कुटर तथा साइकलमा सवारी चालक अनुमति पत्र नचाहिने व्यापारीहरुको भनाई छ । 

इलेक्टे«ानिक्स स्कुटरहरुलाई सडकमा आइसकेपछि लाइसेन्स नचाहिने भन्ने कुनै नियम नभएको प्रदेश १ प्रहरी कार्यलय इटहरीका डिएसपी श्याम सारु मगरले बताए । 

 विद्युतीय सवारीमा केही वेथिती भएको बताउँदै मगरले स्थानीय पालिकाहरुले आफ्नो पालिकाको तीन पाँग्रै सिटी रिक्साहरुको व्यवस्थापन गर्न नसकेको र अव यसको व्यवस्थापन गाह्रो भएको मगरको भनाई छ ।

317182184_504776191419349_8807138572508266735_n