इटहरीः कतारका बिभिन्न रंगशालमा भइरहेको फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बिहीबार चार खेल हुने भएका छन् ।

३२ राष्ट्रको सहभागितामा गत आइतबार बाट भइरहेको फुटवलको महाकुम्भमा आज समूह ‘जी’ र समूह ‘एच’ का दुई दुई खेलहरु हुनेछन् । 

आजको पहिलो खेल  स्विजरल्याण्ड र क्यामरुनबीच हुनेछ भने दोस्रो खेल समुह एच मा रहेको उरुग्वे र दक्षिण कोरिया बिच हुने छ । यी दुई खेल क्रमश नेपाली समयअनुसार दिउँसो   ३ः४५ बजे र ६ः४५ बजे सुरु हुनेछ । 

विश्वकप  फुटवल अन्तर्गत कै तेस्रो खेलमा पोर्चुगल र घानाबीच प्रतिस्पर्धा हुनेछ । उपाधि दावेदार मानिएको पोर्चुगल र घाना बिचको खेललाई रोचकताका साथ हेरिएको छ । 

316135546_6187537001267037_7473652526416054457_n

अफ्रिकन मुलुक घानाले पनि फुटवलमा राम्रो इतिहाँस बनाएको छ भने  पोर्चुगल आफैँमा उपाधि दावेदार मानिएको राष्ट्र हो ।  यो खेल नेपाली समय अनुसार  राति ९ः४५ बजे सुरु हुनेछ ।

त्यस्तै बिहीबार हुने चौंथो खेलमा ब्राजिलले सर्बियाको सामना गर्नेछ । समूह ‘जी’ मा रहेको ब्राजिल र सर्बियाबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।