इटहरीः कतार विश्वकपमा मंगरबार जारी फिफा विश्वकप फुटबलमा अर्जेन्टिनाले  उपाधि दाबेदार सहित साउदी अरेवियासँग प्रतिस्पर्धा गरीरहेको छ । 

दोहाको लुसाइल स्टेडियममा जारी खेलमा अर्जेन्टिनाले साउदीविरुद्ध १ गोल गर्दै  सुरुआती अग्रता बनाएको छ ।

अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सीले १० औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् ।

साउदीका साउद अब्दुलहामिदले अर्जेन्टिनाका लिन्ड्रो पारेडेसलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि अजेन्टिनाले पेनाल्टि पाएको हो ।