काठमाडौंः नेपाली सांगीतिक आकासका लागि कृष्ण बुढाथोकी नयाँ नाम होइन, जसलाई पाकादेखि युवन पुस्ताले राम्ररी चिनेका छन् । 

सल्यानको खैराबाङमा जन्मिएका बुढाथोकीले २०६६ सालमा ल्याएको ‘संविधान आउँछ’ बोलको गीतले निक्कै चर्चा कमाएको थियो । उनले त्यसयता निरन्तर सांगीतिक क्षेत्रमै छन् । 

लोक दोहोरी क्षेत्रबाट गायन क्षेत्रमा प्रवेश गरेका बुढाथोकीले केही दिन मात्रै निक्कै मार्मिक गीत अथात् ‘यथार्थ’ ल्याएका छन्, जसले पछिल्लो दिनका युवा पुस्ताको विदेश पलायन र राजनीतिक क्षेत्रमा देखापरेको विकृति सहितको तितो यथार्थलाई जस्ताको तस्तै चित्रण गरिएको छ । 

‘यथार्थ’ विकृत राजनीतिलाई शुद्ध पार्ने एउटा अभियान हो । जसले पछिल्ला दिनमा राजनीतिप्रति बढ्दै गएको वितृष्णाले भावी दिन के होला भन्ने देखाइएको छ । बुढाथोकीकै शब्द र संगीत रहेको ‘यथार्थ’ मा रुपी सिँजाली मगरले स्वरमा साथ दिएकी छन् । यसमा पवन परियारको एरेन्ज छ भने खढ्ग बाजुरेलीको मिक्सिङ छ । 

-85K1642

हाल अमेरिकाको क्यालिफोर्नियामा रहेका बुढाथोकीले यसअघि ‘नाम जादु’,  ‘बनमा मैना छ’, ‘हुने छ अब सबभन्दा माथि’ जस्ता चर्चित गीतहरु ल्याएका थिए । अहिले उनले ल्याएको गीत ‘यथार्थ ः भो अब नेता हो  लटकाई नराख’ ले राजनीतिक व्यंग्य गर्दै युवाहरुलाई पलायन हुनबाट रोक्न र आव्हान पनि गरेका छन् । 

‘मैले विभिन्न प्रकारका गीतहरु ल्याए । कहिले माया पिरतीका गीत ल्याए । कहिले देश प्रेमका गीत पनि ल्याए’, बुढाथोकीले भने, ‘अहिले चाँही राजनीति प्रति जनता वाक्क भएको देखेर हाम्रा नेता ज्यूहरुलाई ङ्ंगित गर्दै जनतालाई सधैं लड्काएर राख्नु हुँदैन सचेत गराउन चाहेको छु । मेरो उदेश्य यही हो ।’