उर्लाबारी:  उत्तरी मोरङको चर्चित काव्य वाचन शृङ्खला ‘सिर्जना अनावरण’को सातौँ संस्करण यही पुस ७ गते हुने भएको छ ।

लेखनाथ पुस्तकालयको हल मधुमल्लामा आयोजना हुने सो शृङ्खलामा हेटांैडाका कवि मसान उपासक, झापा बस्ने भुटानी कवि जितेन मुस्कान र मोरङकी कवि तिला लेकालीको कविता वाचन हुने भएको छ ।

मिक्लाजुङ साहित्य समाजको आयोजनामा हुने यो शृङ्खला पुस ७ गते शनिबार बिहान ११ बजे शुरु हुने आयोजक संस्थाका गगन योक्पाङ्देनले बताए ।