गणेश विश्वकर्मा 

नेपालका सबै बाम तथा लोकतान्त्रिक राजनीतिक दलहरूका जारी भएका घोषणा पत्रहरुको विश्लेषण गर्दा दलित आन्दोलनले उठाउँदै आएका मुद्दाहरुको सही संबोधन नेकपा (एकीकृत समाजवादी) ले गरेको छ ।

नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै नेपाली क्रान्ति र दलित समस्या हल गर्ने सन्दर्भमा जुन निष्कर्ष तथा कार्यदिशा अघि सारेको छ, त्यो नेपाली समाजको विशेषतामा आधारित तथा माक्र्सवाद(लेनिनवाद संवत छ ।

नेपालका कम्यूनिष्ट क्रान्तिकारीहरुले दलित समस्याको वर्गीय चरित्रलाई वर्गीय दृष्टिकोणबाट बुझ्ने र बदल्ने रणनीतिक योजना बनाउन नसक्दा विगतमा कम्यूनिष्ट आन्दोलनले दलित प्रश्नलाई वर्ग संघर्षको गतिलो हतियार बनाउने ऐतिहासिक अवसरबाट चुकेको कुरा स्वीकार गर्दै माक्र्सवाद मात्र त्यस्तो विज्ञान हो जसले दलितलगायत सबैप्रकारका छुवाछूत, भेदभाव, शोषण उत्पीडन र रुढीवादका विरुद्ध उत्रिन्छ ।

दलित समुदायमा भएको क्रान्तिकारी र श्रमजीवि वर्गीय चरित्रलाई सामाजिक र वर्गीय मुक्तिको अन्तरसम्बन्धको ज्ञानसहित वैचारिक रुपमा स्पष्ट पार्दै आजको साम्राज्यवाद र दलाल पुँजीवादसँग लड्दा अबको दलित आन्दोलनले आफुलाई माक्र्सवादी आन्दोलनकै अभिन्न हिस्सा बनाउने गरी पुनगर्ठन र रुपान्तरणमा जोड दिइनुपर्दछ । 

आफ्नो घोषणा पत्रमा जातीय मुक्तिका लागि सामाजिक रूपान्तरण १ वर्गीय मुक्तिका लागि वैज्ञानिक समाजवाद ११ भन्ने नाराका साथ दलित समुदायका बीचमा उद्यमशीलताका लागि एक दलित वस्ती एक सहकारी र एक दलित परिवार एक रोजगारीसहित “नमुना दलित बस्ती विकास कार्यक्रम” लागू गर्ने, दलितहरूको वर्गीय आधारको सूचकांक निर्माण गर्दै परिचय पत्रको व्यवस्था गर्ने, दलित समुदायको परम्परागत पेशा, कला र सीपको संरक्षण सम्बद्र्धन गर्दै तिनको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायिकरण गर्ने, जातीय छुवाछूत विरोधी राष्ट्रव्यापी अभियान संचालन गर्ने, केन्द्रमा दलित अधिकार प्राधिकरण, प्रदेशमा दलित विकास प्रतिष्ठान र स्थानीय तहमा छुवाछूत निगरानी केन्द्र स्थापना गरी जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८ को कडाइका साथ कार्यान्वयन गर्ने, आगामी ५ वर्षभित्र मुक्त हलिया तथा हरवाचरवाको पुनःस्थापनाको सम्पूर्ण कार्य सम्पन्न गर्ने, दलितहरूका लागि प्रगतिशील आरक्षण, समावेशी समानुपातिक र सहभागितामुलक प्रतिनीधित्वलाई सुनिश्चिततासहितको एकीकृत कानून निर्माण गर्ने र बोल्ने, लेख्ने, सभा संगठन गर्न पाउने, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षाको सुनिश्चिततासहितको एकीकृत प्याकेज सहित दलित अधिकार दशक घोषणा गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

यसबाहेक गरिव तथा विपन्न लक्षित कार्यक्रम संचालन गर्न विपन्न परिचय पत्र वितरण गर्ने, भष्ट्राचारमुक्त सरकार, आर्थिक सम्पन्नताको आधार भन्ने नारासहित योजना निर्माण गर्दा गरिव दलित लक्षित प्रणाली विकास गर्ने कुरा अ िसारेको छ । विशेष गरी महिला, जनजाति, अपाँगता भएका व्यक्ति लक्षित कार्यक्रम संचालन गर्ने भनेको छ । हरेक स्थानमा पक्षपातमुक्त बनाउँदै जो अघि आयो उसलाई प्राथमिकता दिने उद्घोष गरेको छ ।

गरिव, असहाय तथा पिछडिएका व्यक्तिहरुलाई निशुल्क कानूनी परामर्श तथा सहयोगको व्यवस्थ ागर्ने प्रतिबद्धता जाहेर गरेको छ । देशमा विद्यमान सुकुम्बासी, अव्यवस्थित बसोवासी र भूमिहिनहरुको समस्या तथा मुक्त हलिया तथा हरवाचरवा, मुसहर, चमार, डोम ,बादी तथा पछाडि पारिएका समुदायको समस्या हल गर्न तीनवटै तहको समन्वयमा गर्ने स्पष्ट योजना अघि सारिएको छ । 

उक्त प्रतिबद्धतालाई व्यवहारमा बदल्न नेकपा (एकीकृत समाजवादी)को प्रतिबद्धता १ जातीय छुवाछूतविरुद्ध शुन्य सहनशिलता ११ भन्ने अठोट तथा राष्ट्रिय स्वाभामिान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार १ आर्थिक सामाजिक रूपान्तरण र समृद्धि समाजवादको आधार ११ भन्ने नारासहित सम्पूर्ण शक्तिकासाथ लोकतान्त्रिक बाम गठबन्धनको साथमा दक्षिणपंथी अवसरवाद, गैरकम्यूनिष्ट र गैरलोकतान्त्रिक विचार, तथा गलत आचरण र निरकुंश कार्यशैलीका विरुद्ध कम्यूनिष्ट आन्दोलनको पुनगर्ठन तथा रूपान्तरणको एजेण्डा लिएर संघीयता, समानुपातिक समावेशीता र धर्मनिरपेक्षतासहितको विशेषता बोकेको शासन व्यवस्थालाई संस्थागत गर्न हामी कलम चिन्हका ध्वजाबाहक उम्मेदवारहरु यहाँहरुको घरदैलोमा आएका छौं । त्यसैले हामीहरुलाई कलम चिन्हमा मतदान गरी अत्याधिक मतले विजयी गराउन हुन हार्दिक अपिल गर्दछौं । 

                                                                                     केन्द्रीय अध्यक्ष तथा इन्चार्ज नेपाल दलित मुक्ति संगठन