धरानः धरानमा पाक शिक्षासम्बन्धी तालिम सुरु भएको छ । तालिम २१ दिनसम्म हुनेछ ।
मङ्गलबारदेखि सुरु भएको पाक शिक्षा तालिमको सहजिकरण स्वीट्जरल्यान्डका एक्जेक्युटिभ सेफ गुनथर नट्जको गरिरहेका छन् । धरानको पर्यटनमा ’हस्पिटालिटी सेक्टर’ लाई जोड्ने उद्देश्य लिएको ‘कलिनरी वर्कसप’ (पाक शिक्षा कार्यशाला) २१ दिनसम्म चल्ने आयोजकले जनाएको छ ।
स्वीस कन्ट्याक्टको संयोजनमा धरान इन्टरनेश्नल कलेज अफ होटल म्यानेजमेन्टको आयोजना तालिम हुँदैछ । कलेजका प्रमुख कार्यकारी निर्देशक लोकेन्द्र श्रेष्ठका अनुसार तालिम १५ दिनसम्म हुनेछ भने एक हप्ता प्रयोगात्मक कार्यशाला हुनेछ ।
विद्यार्थीले तालिममा डेजर्ट आइटम, इटालियन फुड, कन्टिनेन्टल कुजिन, किचन हाइजिङ, फुड डेकोरेसन, फुड स्टोरेजलगायतका सीप सिक्नेछन् । धरानको पर्यटनमा ‘हस्पिटालिटी सेक्टर’ लाई जोड्न ‘कलिनरी वर्कसप’ सहायक हुनसक्ने कार्यक्रम संयोजक सन्जिप वान्तवा राईले बताए । तालिममा ४२ जना बिद्यार्थीहरुको सहभागित रहको छ ।