प्रकाश बन्जारा/राजन भट्टराई
इटहरीः थोरैमात्रै पेशाकर्मीहरु राजनितिमा आउँछन् प्राय डराउँछन् । सबैलाई राजनिति भनेको फोहोरी खेल हो भन्ने लाग्छ तर सुनसरी क्षेत्र नम्बर २ बाट एक युवा डाक्टर यसपाली एकाएक स्वतन्त्र उम्मेद्वारको रुपमा चुनावी मैदानमा होमिएका छन् । पेशाले उनी बाल रोग विशेषज्ञ डाक्टर हुन । कुनै समय जिल्ला अस्पतालल इनरुवाका पहिलो बालरोग बिशेषज्ञ डा.फरेन्द्र साह अहिले सरकारी जागिरमा छैनन् आफ्नो नीजि क्लिनिक चलाउँछन् साथमा अन्य केहि मेडिकल र अस्पतालहरुमा सेवा दिन्छन् । उनकै शव्दमा भन्नु पर्दा डा. फरेन्द्र साह अनाथ , असहाय तथा गरिवलाई सकेसम्म निःशुल्क उपचार गर्दै लामो समयदेखि सामाजिक सेवामा सक्रिय छन् ।
‘म क्लिनिक मात्रै चलाउँदिन बेला बेलामा निशुल्क हेल्थ क्याम्प तथा शिविरहरु पनि सञ्चालन गर्छु । सकेसम्म अभावमा रहेका बिरामीहरुलाई निःशुल्क उपचार पनि गरिरहेको छु । ’ साहले भने ।
देश जलिरहेको छ, भोटलाई भिख जस्तै मागेर नेताहरुले देशलाई खोक्रो बनाईसके निर्वाचन आयो तर आफुले मनले खाएको, देशको मुहारमा मुस्कान छर्ने आँट साहस र योग्यता बोकेको उम्मेद्वार भेट्नै गाह्रो छ झनै सुनसरीमा त उनले आफुले भोट दिन योग्य नेता नै देखेनन् त्यहि भएर आफैँ चुनावी मैदानमा होमिएका छन् डा. फरेन्द्र ।
चुनावमा खर्च गर्ने र जितेर गएपछि चुनावी खर्च निकाल्न भ्रष्ट्राचारको दलदलमा फस्ने हाम्रो राजनितिको संस्कार नै बनिसकेको छ त्यहि भएर पनि चुनावको बेला भोट किन्ने गलत सस्कारका कारण उम्मेद्वारहरु करोडको हिसावमा खर्च गर्ने गर्छन निर्बाचनको बेला । निर्वाचन आयोगले दिएको खर्चको सिमा एकातिर छ, तर त्यसलाई केन्द्र बिन्दुमा राखेर खर्च गर्ने उम्मेद्वारहरु हत्तपत्त भेटिदैनन् । यस्तो खर्चिलो बन्दै गइरहेको अबस्थामा कति खर्चमा चुनावी मैदानमा होमिनु भएको छ हामीले साहलाई सोध्यौँ । ‘प्रतिनिधिसभा सदस्य उम्मेद्वारले धरौटीको रुपमा दश हजार रुपैँया र अहिले सम्म पेट्रोल र घरदैलो अभियानमा जम्मा जम्मी ७ हजार खर्च भयो ।’उनले सहज उत्तर दिए । अव निर्वाचनको मिति आउन जम्मा जम्मी १२ दिन बाँकी छ । डा. साहका प्रतिस्पर्धीहरुको हिसाव खोज्ने हो भने उनिहरुले लाखौँको हाराहारी सकिसकेको छन् । चुनावलाई खर्चिलो बनाउन उम्मेद्वारहरु आफैँ लागिपर्छन ।
जनताले उम्मेद्वारको भिजन बुझ्ने हो । योग्यता बुझ्ने हो अनि क्षमता बुझ्ने हो तर यहाँ फरक चलन छ नो नट एगेन भन्दै वृद्ध उम्मेद्वारलाई विना दिनु पर्नेमा हाम्रा युवा पुस्ताहरु नै तिनै उम्मेद्वारलाई भोट माग्दै हिड्दैछन् । ‘वास्तवमा हामी परिवर्तन नै चाहादैनौ ’ साह भन्छन् । एउटा योग्य व्यक्ति संसदमा पुग्नु भनेको परिवर्तनको पहिलो स्टेप हो । परिवर्तन कसले गर्ने त कोहि त आउनु पर्यो त्यहि भएर पनि आफु चुनावी मैदानमा आएको डा.फरेन्द्रले हामीलाई सुनाए । सन् २०१२ मा बिरगन्जबाट एमविविएस सकाएका साह सन् २०१७ मा फिलिपिन्सबाट एमडि सकाएपछि बाल रोग विशेषज्ञको रुपका कार्यरत छन् । खास गरी स्वास्थ्य क्षेत्रमा देखिएका यावत समस्याको निति निर्माण तहबाटै समाधान गर्नुपर्ने भएकाले कोहि न कोहि यो क्षेत्रबाट सांसदमा पुग्न जरुरी भएको उनको भनाई छ ।
कुनै समय विराटनगरमा चिनिएका हस्पिटलहरु म्याक्स, सुरक्षा जस्ता हस्पिटलमा बाल रोग विशेषज्ञको रुपमा काम गरीसकेका डा.साह अहिले इटहरीको इन्खा अस्पताल, माया क्लिनिक, रामधुनीको झुम्कामा रहेको रविन फार्मेसीमा सेवा दिइरहेका छन् भने इनरुवामा आफ्नै बालबालिका क्लिनिक चलाईरहेका छन् । बिराटनगरमा रहेको जनरल हस्पिटल एण्ड ट्रमा सेन्टरमा समेत आफु रहेको साहले हामीलाई सुनाए । स्वास्थ्य भनेको सेवा हो ,तर यहाँ व्यावसाय पनि भइरहेको छ अनि नीजि क्षेत्रले पनि गुणस्तरीय सेवा दिन नसकिरहेको साहको स्वीकारोक्ति छ ।
चिकित्सक भएको नाताले स्वास्थ्य सेवामा हुनुपर्ने अपग्रेड, सरकारी स्वास्थ्य संस्थामा जनशक्ति अभाव, उपकरणको अभाव, औषधिको अभाव जस्ता कुराहरु पुरा गर्न आफ्नो उम्मेद्वारी रहेको डा.साहको भनाई छ । डाक्टरहरुलाई सुरक्षा, सामाजिक सुरक्षा तथा तलव सुविधा समेत राम्रो दिन नसकेका कारण आज देशका थुप्रै योग्य डाक्टरहरु विदेश पलायन भइरहेको बताउने साह नीति निर्माणका तहमा योग्य व्यक्ति नपुग्दा यस्तो भएको बताउँछन् । शिक्षा, स्वास्थ्य , कृषि र भौतिक निमौणमा आफुले सबैभन्दा बढी समस्या देखेको र आफु प्रतिनिधि सभा सदस्यको रुपमा निर्वाचित हुन सके नीति निर्माणका तहबाटै यसको लागि पहल गर्ने डा. साहले हामीलाई सुनाए ।
‘निर्वाचन हामीमाफ हरेक पाँच बर्षमा आउँछ । एउटा निर्वाचनमा अयोग्य उम्मेद्वार छान्नु भनेको हामीले योग्य उम्मेद्वारलाई गुमाउनु पनि हो । एउटा पसलमा सानो सामान किन्न त हामी कम्पनीको नाम, ब्राण्ड, तौल आदी कुरा हेर्छौँ भने हाम्रो भाग्य र भविश्य बदल्ने निर्वाचनमा किन अन्दाधुन्ध भोट हाल्ने त ?प्रतिनिधि छान्दा पनि त्यो प्रतिनिधि कस्तो हो ? त्यसको योग्यता क्षमता के छ ?, समाजका लागि के के गरेको छ ? त्यो केलाएर मात्रै यसपालिको भोट गर्नुहोस डा.फरेन्द्रले निवेदन गरे । उनले आफुलाई भोट हाल्नु भनेनन् बरु म भन्दा योग्य कोहि तपाईलाई लाग्छ भने भोट हाल्नुहोस त्यो तपाईको व्यक्तिगत स्वतन्त्रता हो । ’ डा.साह भन्छन् ।
‘हामीले पाँच बर्षलाई सानो सम्झनु हुदैन पाँच बर्षमा केहि बन्छ भने केहि भत्किन सक्छ । यसपाली जनतासँग समय पनि छ र योग्य प्रतिनिधि पनि छ आफ्नो विवेक प्रयोग गर्नुहोस राम्रोलाई भोट हाल्नुहोस ।’ साहको अनुरोध थियो ।
डा. फरेन्द्रले आफ्नो पेशा जस्तै चुनाव चिन्ह पनि सिरिन्ज पाएका छन् । त्यो उनको उम्मेद्वारीको लागि एउटा भाग्यको कुरा पनि हो । चुनावी मैदानमा होमिएका यी डाक्टर भोट मात्रै माग्दैनन् बिरामीको घरमा पुगेपनि चेकजाँच र औषधि पनि गर्छन । ‘म एउटा चिकित्सक हो मैले मेरो पेशालाई प्राथमिकतामा राख्नुपर्छ । बिरामीको जाँच गर्नु र उपचार गर्नु मेरो धर्म हो ।’ उनले हामीलाई सुनाए ।