इटहरीः प्रगतिशिल नेपाल शिक्षक संगठन जिल्ला कमिटी सुनसरीको विस्तारित वैठक शनिवार  रामधुनी नगरपालिका स्थित रेडक्रस सोसाइटीको भवनमा सम्पन्न भएको छ । 

विस्तारित बैठक तथा अग्रज शिक्षक सम्मान कार्यक्रम नाम दिइएको उक्त कार्यक्रमले पुर्व शिक्षकहरु केशव प्रसाद तिम्सीना, कालिप्रसाद सापकोटा, प्रकाश निरौला, विश्व बहादुर कार्की र  खड्ग बहादुर कट्वाललाई सम्मान समेत गरिएको छ ।  

314758310_864195241626623_373387991842737447_n


कार्यक्रममा बोल्दै प्रमुख अतिथी केशव प्रसाद तिम्सीनाले नेपाल राष्ट्रिय शिक्षक संगठनका पदाधिकारीले संगठनको नाममा आफ्नो स्वार्थ सिद्ध गर्ने काम मात्र गरेकाले त्यस्ता कार्यको चिरफार गर्ने कार्य प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनले गर्ने बताएका थिए । 

संगठनका अध्यक्ष बद्रि कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश नम्बर १ अध्यक्ष कमल प्रसाद तिम्सीना, पेशागत महासंघ केन्द्रिय समिति सदस्य एंव सुनसरी इन्चार्ज केशव खतिवडा, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रिय सदस्य बोधराज घिमिरे, पेशागत महासंघ केन्द्रिय कमिटी सदस्य बोधनाथ भटराई, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल केन्द्रिय कमिटी सचिवालय सदस्य प्रकाश राई एंव प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रिय उपाध्यक्ष एंव प्रदेश १ इन्चार्ज हिक्मत बहादुर बस्नेतले आफ्नो आफ्नो मन्तव्य राखेका थिए । 

313901529_528283855455142_6134287063829846096_n

पेशागत कर्मचारीको हकहितको सुनिश्चितता गर्दै संगठनको पुर्व विरासत कायम गर्न सम्पुर्ण पेशाकर्मी एक भई विद्यालयको सम्पुर्ण गुणस्तर कायम राख्न महत्वपुर्ण भुमिका निर्वाह गर्न सम्पुर्ण शिक्षक तथा कर्मचारी गोलवद्ध रहनुपर्ने वत्ताहरुले जोड दिएका थिए । कार्यक्रम संगठनका सचिव सुरेश धमलाले संचालन गरेका थिए ।

314668918_830784688348390_453000154256568553_n