धरानः  कवि विमल गुरुङ ‘राष्ट्रिय कविता महोत्सव–२०७९’ लागि का १० कविता छनौट भएका छन् । ६७ कवितामध्ये उत्कृष्ट १० छनौट भएका हुन् ।

आयोजकका अनुसार गुरुङको ५१ औँ जन्मजयन्तीका अवसरमा आयोजित ३१ औँ महोत्सवका१० कविता चयन गरिएको हो । आयोजकका अनुसार कार्तिक १९ गते हुने महोत्वसवमा १० कविताबाट प्रथम, द्धितिय, तृतिय र सान्तवना पुरस्कार छनौट गरिने छ । 

उत्कृष्ट १० कविताहरुमा बिशाल नाल्बोको ‘भारतगाउँ’, सीता तुम्खेवाको ‘रातो रुमाल’, सरोज घिमिरेको ‘कोसेली’, प्रदीप योङ्हाङ लिम्बुको ‘स्ट्रेचरमै देश’, युग सर्वनामको आकाश र भोका चिरिविरीहरु’, कमला प्रधानको ‘म आमा जस्तै छु’, कमलराज केसीको ‘युगिन गीत’, एलिसा ढुंगानाको ‘बिमल–बृक्ष र अजम्बरी सपनाहरु’, राधिका कल्पितको ‘पोष्ट मोर्डन सिनेमा’ र गगन योक्पाङ्देनको ‘बालक पवन हलुवाको दिनचर्या’ रहेका छन् । 

प्रतियोगितामा प्रथम हुनेले २१ हजार रुपैयाँ, द्वितीयले १७ हजार रुपैयाँ, तृतीयले ११ हजार रुपैयाँ र सान्तवना हुनेले  १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सोही दिन २ लाखको विमल गुरुङ कृती पुरस्कार साहित्यकार नरेश काङ्माङ राईको कवितासंग्रह ‘तेप्लायु’लाई प्रदान गरिने पनि आयोजकले जनाएको छ ।