धरानः  नेपाल सिङ्गिङ सुपर स्टारमा फाइनलमा धरानका सन्देश बम्जन लामा पुगेका छन् । फाइनलमा पुगेका सन्देशले आफूलाई विजयी गराउन अपिल गरेका छन् ।

शनिबार धरानमा पत्रकार सम्मेलन गर्दै लामालाई विजयी गराउन परिवारले अपिल गरेको हो । सन्देश वाइवाइ नेपाल स्टारका उपविजेता हुन् । पत्रकार सम्मेलनमा सन्देशका बुवा पशुपति तामाङ सन्देश १ नं. प्रदेशका प्रतिभा भएकाले विजयी गराउन अपिल गरे ।

313372156_791610001908009_9104761090806607808_n

 सिङ्गिङ सुपर स्टारमा सन्देशसहित ६ जनासँग प्रतिस्पर्धा गर्दैछन् । सबैभन्दा बढि भोट ल्याउने प्रतिस्पर्धि विजयी हुने भएकाले भोट गर्न अपिल गरेका छन् । भोट कात्तिक १९ गतेसम्म गर्न सकिने छ । आगामी निर्वाचनमा प्रतिनिधि सभा क्षेत्र नं. १ का  उम्मेदवार मुक्साम मेन्याङ्बो मुकेश , सुनसरी १ क्षेत्र नं. १ (१) का उम्मेदवार रमेश बस्नेतले पनि भोट दिई विजयी गराउन अपिल गरेका छन् । पत्रकार सम्मेलनमा धरान ३ का वडाध्यक्ष विद्या शाक्यले धरान र प्रदेश नं. १ का प्रतिभा भएकाले विजयी गराउन अपिल गरे ।