इटहरीः सामान्य तया हामी केही गर्ने सोच बनाउना साथ प्राविधिक पक्षको तयारी नगरी काम सुरु गर्ने गरेका छौँ । तर प्राविधिक पक्ष र योजना बिना गरिएका धेरै योजनाहरु सफल हुन सक्दैनन् । बाख्रा पालक किसानकै कुरा गर्दा पनि सुरुमै बाख्रा किनेर ल्याउने चलन पुरानो होइन नयाँ पनि त्यहि टे«ण्ड चलिरहेको छ । 

तर बाख्रा पालकको सोच बनाउने किसानले सुरुमै पहिला घाँस खेती गर्नु उपयुक्त भएको सुझाउँछन् रामधुनी नगरपालिका वडा नम्बर ४ का बाख्रा पालक किसान जंगबहादुर राउत । 

पहिला घाँसको व्यावस्था गर्नु त्यहाँ पछि के कति बाख्रा पाल्ने हो त्यहि योजना अनुसारको खोर बनाउने अनि राम्रो जातको बाख्रा ल्याएर प्राविधिक पक्षको व्यवस्थापन गर्दे सुरु गर्नुउपयुक्त हुने राउतको भनाई छ । 

रामधुनी नगरपालिका वडा नम्बर ४ का जंगबहादुर राउतले बाख्रा पालन थालेको धेरै भएको छैन । २०७३ सालमा बाख्रा पालन सुरु गर्दा जंगबहादुरसँग एक दर्जन जतिमात्रै खसी बाख्रा थिए । अहिले यो फर्ममा साना ठुला गरेर एक सय ३५ वटा खसीबाख्रा छन् । सानो लगानीबाट सुरु गरिएको थियो ए एण्ड वि एग्रिकल्चर प्राली रामधुनी । 

कुनै बेला माओवादीको योद्धाको रुपमा चिनिएका राउत केही समय भुमिगत पनि रहे तर विस्तारै जनयुद्ध सकिएपछि समुदायमा खुल्न थालेका थिए । अहिले कृषीमा खुलेर लागेका जंगबहादुरको कृषी फर्म  अहिले सुनसरीमा राम्रा कृषी फर्महरुको नाममा आउछ । 

सुरुवातीका दिनहरु संघर्ष पुर्ण थिए । ७३ साल देखि ७७ साल सम्म जंगबहादुरलाई त्यति नाफा भएको महशुस भएन अहिले खर्च कटाए र मासिक रुपमा ५० हजार रुपैँयाको हाराहारीमा आम्दानी हुने गरेको जंगबहादुर बताउँछन् ।  अहिले राउतले ३ जना नियमित स्टाफ र एक जना प्राविधिकलाई रोजगारी दिएका छन् । कृषकको लागि रामधुनी नगरपालिकाले अहिले सम्म केही सहयोग गरेको जंगबहादुरलाई याद छैन । 

बाख्रालाई दिनमा चराउन जंगलमा पठाउने गरिएको छ भने बेलुका खोरमा ल्याउने गरिएको छ । बाख्राको खोरमा मात्रै अहिले सम्म ६० लाखको हाराहारीमा खर्च गरिसकेको राउतले बताए । जिल्ला र प्रदेश  सरकारबाट बेला बेलामा केहि प्राविधिक अनुदानहरु ीदने गरेको राउतले बताए । यहि सालमात्रै राउतलाई प्रदेश सरकारको सहयोगबाट घाँस बोक्ने ट्याक्टरमा अनुदान पाएका रहेछन् । 

ए एण्ड वि एग्रिकल्चरले बाख्रा, पाठा , बोका सबैलाई छुट्टा छुट्टै क्याविन बनाएर राख्ने गरेको छ । अहिले आफुसँग जमुनापारीका २० देखि २५ माउ रहेका छन् । अव विस्तारै जमुनापारीलाई घटाएर  बोयर जातका बाख्राको बाहुल्यता रहेको फार्मको रुपमा विकास गर्ने जंगबहादुरको योजना छ । विस्तारै सय माउ बाख्रामात्रै पुर्याउने तार्गेट रहेको उनको भनाई छ ।