राजन भट्टराई 

सुनसरीः नेपालको तराई भेगमा उत्पादन हुने जुट खेती विस्तारै संकटतर्फ जान थालेको छ  । एक दशक अघिसम्मा नगदे बालीको रुपमा रहेको जुट खेती पछिल्लो समय संकटमा पर्दै आएका होे । 

पाखो तथा उच्चा जमिनमा लगाइने जुट खेती भारतसम्म निर्यात गरेर राम्रो आम्दानी गर्दै आएका किसान आधुनिक कृषि प्रबिधिको बिकाससंगै उच्च जग्गालाई माटो कटान गरेर पानी जम्ने बनाएसंगै जुट खेती घट्दै गएको हो । 

ठाउँ –ठाउँमा सिँचाइको व्यवस्था भएसंगै धान खेती तर्फ किसानको आकर्षण भएको र जुट खेती विस्थापित हुँदै गएको जानकार बताउछन् । जुट निर्यात गरेर ठुलो रकम भित्र्याउदै आएका किसान झंन्झटिलो काम र युबाको वैदेशिक रोजगार प्रतिको बढ्दो आकर्षणले जुट खेती संकटमा परेको रामधुनी ४ का किसान हस्त बहादुर कार्कीले बताए । उनी भन्छन्–“ पहिले पाँच छ बिघामा जुट लगाएर चार सय मनसम्म जुट उत्पादन गरिन्थ्यो, अहिले त लगाउनै छाडियो ।’’

विभिन्न चाड पर्व र मनिसको मृत्यु हुँदा सन्ठि नभइ नहुने हुँदा चौधरी समुदायले हाल आएर एक दुई कठ्ठामा लगाउने गरेका छन् । स्थानीय बजारका  जुटको मूल्य सय रुपैया केजीसम्म भएपनि बढ्दो महङ्गी र जनशक्ति नहुँदा खेती गर्न नसकिएका रामधुनी ६ धेडिगाउँका किसान महिनारायण चौधरीको भनाई  छ । चाडपर्वमा सन्ठि चाहिने भएर मात्रै खेती गरेको नत्र नगर्ने चौधरीले बताए  ।