इटहरीः प्रदेश नम्बर १ का स्वास्थ्य मन्त्री जयराज यादवले आफ्नो कार्यकक्षबाट प्रद्यानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीको तस्वीर हटाएका छन् । 

मन्त्री यादवले सोमबार प्रदेशसभाको सिट बाँडफाँडमा असन्तुष्ट जनाउदैं प्रदेश १े आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएको बताएका छन् ।  

यसअघि राष्ट्रपति , प्रद्यानमन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्रीको तस्वीर रहेको मन्त्री यादवको कार्यकक्षमा अव मुख्यमन्त्री र प्रदेश प्रमुखको मात्रै तस्वीर छ । 

गठबन्धनमा आबद्ध दलहरूले प्रदेशसभाको सिट बाँडफाँड छलफल थालेपछि असन्तुष्ट हुँदै जसपाका नेता समेत रहेका मन्त्री यादवले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर प्रदेश प्रमुख र मुख्यमन्त्रीको मात्रै राखेका हुन् । 

उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै राष्ट्रपति र मुख्यमन्त्री फोटो हटाएको जनाएका छन् ।

,‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल –जिन्दाबाद) राष्ट्रपति र प्रधानमन्त्रीको फोटा हटाएर माननीय प्रदेश प्रमुख परशुराम खापुङ ज्यु र माननीय मुख्यमन्त्री राजेन्द्र कुमार राईज्युको तस्वीर आजदेखि स्वास्थ्य मन्त्रालयमा स्थापित गरियो । पहिचान सहितको (संघीय अभिवादन) । ’ स्वास्थ्य मन्त्री यादवको सामाजिक सञ्जालमा लेखिएको छ ।