इटहरीः आफु मेयरमा निर्वाचित भएलगत्तै इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलले इटहरीको मुख्य चौकमा पुर्व राजा स्वर्गीय वीरेन्द्रको शालिक राख्ने भनेपछि अहिले अर्कै शालिक राखिएको भन्दै मेयरसँग डेलिगेशन पुगेका छ  । 

विरेन्द्र चौकबाट नामाकरण भएको इटहरी चोकमा वीरेन्द्रकै शालिक पुनःस्थापना हुनुपर्ने भन्दै इटहरीका केही नागरिकहरु मेयरसँग भेट्न इटहरी उपमहानगर पुगेका हुन् । 

आफु निर्वाचित भएसँग इटहरी चोकमा वीरेन्द्रको शालिक राख्नुपर्यो भन्दै मेयर हेमकर्ण पौडेलले आफैँले बोलाएर आफुसँग सल्लाह लिई निर्णय गरेको र अहिले अर्कैको शालिक राखेर आफुहरुलाई अपमान गरेको इटहरीका बाबुराम प्रद्यानले बताएका छन् । 

308421531_8067245006682208_7187884701166199822_n

प्रदेश पोर्टलसँगको कुराकानीमा बोल्दै प्रद्यानले मेयर आफुँैले फोन गरेर वीरेन्द्रको शालिक राख्ने विषयमा आफुसँग सल्लाह गरी निर्णय गरेकोमा आज अचानक अर्कै शालिक राख्न लागेको भन्दै असोज ८ गते बसेको एक भेलाले आइतबार मेयरलाई भेट्ने र इटहरी उपमहानगर र जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेको बताए । 

आइतबार मेयर पौडेललाई भेट्न जाँदा वीरेन्द्रको शालिक राख्ने काम नहुने र अहिले बन्न लागेको शालिक ‘कसैले रोक्न नसक्ने’ जवाफ दिएका थिए । 

308625687_1915854405273359_5989147642721477969_n

पहिला आफैँले बोलाएर वीरेन्द्रको शालिक राख्ने निर्णय गरिको र त्यसको हप्ता दिन पछिबाटै अचानक कुराहरु परिवर्तन हुन थालेको भन्दै अभियान्ता बाबुराम प्रद्यानले आफुहरुलाई इन्सल्ट गरेको बताए । 

‘हामीले राजा नै आउनु पर्छ भनेको नभई इतिहाँस चाँहि नमेटाउँ’ भनेको प्रद्यानको भनाई थियो । 

‘हप्ता दिन पहिला हामीलाई भनेको भए हुने थियो । कहिले हरिस बोकेको शालिक राख्ने भयो भन्ने सुनियो अहिले थारुहरुको इतिहाँस झल्किने प्रतिमा राख्ने काम हुँदैछ ’ प्रद्यानले भने । 

वीरेन्द्रको शालिक राख्ने निर्णय गरेपछि जनजाति महासंघ विद्यार्थी संगठन तथा राजनितिक दवाव समेत खेपेका नगरप्रमुख पौडेलले इटहरी थारुहरुको भुमि भएकाले थारु जातिको प्रतिमा राख्नु उचित भएको भन्दै इटहरीको मुख्य चौकमा इट बोकेको थारुको प्रतिमा राख्ने काम भइरहेको बताएका छन् । 

यता कलाकारहरुले यति ठुलो शालिक बनाउने र राख्ने काममा खुल्ला प्रतिस्पर्धाबाट उत्कृष्ट कलाकार छानेर उत्कृष्ट शालिक राख्नु पर्नेमा त्यस्तो नभएको भन्दै आवाज उठाएका छन् ।

308766540_1915854378606695_6196831265354732292_n