धरानः  धरानमा नेपाल सम्वतको नयाँ बर्ष ११४३ को शुभकामना र्याली  (भिन्तुना र्याली) भव्यताका साथ आयोजना गर्ने निणर्य भएको छ । 

झिंगु समाज धरान ३ को आयोजनामा धरानका खलः पुचस्हरुको  संयुक्त बैठकले आगामी  कार्तिक ९ गते भिन्तुना र्याली गर्ने निर्णय  गरेको हो ।  

भिंmगु समाजका अध्यक्ष मोहनकाजी शाक्यको अध्यक्षतामा बसेको बैठकमा १२ वटा खलस् पुच का २५ जना प्रतिनिधि हरुको सहभागिता रहेको थियो ।

बिगतका बर्षमा कोरोना संक्रमणमा कारण राम्रो सँग नेपाल सम्वतको नयाँ बर्षको शुभकामा आदान प्रदान र र्याली गर्न नसकिएकोले यस वर्ष राम्रो सँग कसरी कार्यकम गर्ने भन्ने उद्देश्यले खलः पुचः भेला बोलाइएको झिगु समाजका अध्यक्ष मोहन काजी शाक्यले बताए ।

 भिन्तुर्ना याली भानु चौकमा भेला भई नयाँ बजार, छाता चौक, सिहदेवी चौन हुदै चिनिया चोकमा रहेको शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गर्ने। त्यसपछि पुन देशीलाइन हुदै सिद्धि नेवाः परिषदमा समापन गर्ने योजना समेत मोहनकाजी शाक्यले  प्रस्तुत गरेका थिए।

IMG_20220924_151931

यालीमा झाँकी अनि बाईक र साइकर्ल याली पनि समावेस गर्ने योजना भएको थियो । उक्त दिन समाजका उपाध्यक्ष हरेराम कर्माचार्यवाट सम्पादन हुने नेपाल सम्बत् गोजी पात्रों पनि बिमोचन गरिने भएको छ । 

नेपाल सम्बत् राष्ट्रको गौरव भनिएता पनि यसको आयोजना नेवार समुदायको सहभागितामा हुदै आएको छ। नेपाल सम्वतलाई पुनस् प्रचलनमा ल्याउने आन्दोलनको रुपमा भिन्तुर्ना याली लाई लिनुपर्ने  नेवाः देय् दबू धरानका अध्यक्ष मनोहर शाक्यले बताए।

नेपाल सम्वत् शुभकामना र्याली नेवार समुदायको योगदान, इतिहास र अस्तित्वको लागि पनि भव्य र सवैको सहभागितामा सम्पन्न गर्नुपर्ने कुरामा नेवाः राष्ट्रिय पत्रकार दवूका मोहन श्रेष्ठले वताए । 

भेलामा नेवाः देय् दबू केन्द्रिय उपाध्यक्ष  अनिल मास्के, झिगु समाजका प्रमुख सल्लाहकार बालकृष्ण हलुवाई, सल्लाहकार देवराज श्रेष्ठ, निवर्तमान अध्यक्ष सुरेन्द्र स्थापित, सचिव प्रेम तुलाधर लगायतले आफ्नो बिचार राख्दै सवैको सहयोग र सहभागितामा कार्यकमलाई भव्यताका साथ सम्पन्न गर्नुपर्ने कुरामा जोड दिएमा थिए ।