काठमाडौँः अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले आक्रमण गरेमा अमेरिकाले ताइवानको रक्षा गर्ने बताएका छन् । सीबीएससँगको अन्तर्वार्तामा बाइडेनले चीनबाट ताइवानको प्रतिरक्षा गर्ने बताएका हुन् । 

“अमेरिकाको एक–चीन नीति छ र ताइवानले आफ्नो स्वतन्त्रतामा आफ्नै निर्णय गर्दछ । हामी अघि बढिरहेका पनि छैनौं । उनीहरूलाई स्वतन्त्र हुन प्रोत्साहित गरेका पनि छैनौँ । यो ताइवानको आफ्नै निर्णय हो,” उनले भने ।

आइतबार प्रसारित भएको उक्त अन्तर्वार्ताले ह्वाइट हाउसले अमेरिकी नीति परिवर्तन नगरेको दोहोर्याएको बीबीसीले जनाएको छ । वासिंटनको नीति सधैँ ‘रणनीतिक अस्पष्टता’ मध्ये एक रहेको छ । अमेरिका ताइवानको रक्षा गर्न प्रतिबद्ध छैन, तर विकल्पलाई पनि अस्वीकार गर्दैन । -बीबीसीबाट