काठमाडौँः नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सांसद गगन थापा डेंगी रोगबाट संक्रमित भएका छन् ।

अस्वस्थता अनुभव भएपछि शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र ज्ञानेश्वरमा हिजो रगत परीक्षण गराएका थापाको रिपोर्ट आज पोजिटिभ देखिएको हो ।

संक्रमण पुष्टि भएपछि थापा सबै नियमित कार्यक्रम रद्द गरी घरमै आराम गरिरहेका छन् । उनलाई चिकित्सकले चार पाँच दिन आराम गर्न सल्लाह दिएको सहयोगी सविनराज मुढभरीले जानकारी दिए ।