काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले खेलकुद विश्वविद्यालय खोल्ने बताएका छन् । नवौं राष्ट्रिय खेलकुदको ट्र्रफी सार्वजनिकीकरणका लागि प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार आयोजित समारोहलाई सम्बोधन गर्दै 

गरी उनले यस्तो बताएका हुन् । 

प्रधानमन्त्री देउवाले युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालमा खेलकुद विश्वविद्यालय खोल्नुपर्ने प्रस्ताव गरेको उल्लेख गर्दै आफूले पनि खेलकुद विश्वविद्यालय खोल्नका लागि सुरुआत गर्ने योजना बनाएको बताए । उनले कोरोनाका कारण नेपालको आर्थिक अवस्था राम्रो नभएको समयमा समेत खेलकुद विश्वविद्यालय खोल्ने सोच बनाएको बताए ।