इटहरीः चिकित्सा शिक्षा सुधारको माग राखी पटकपटक सरकारविरुद्ध सत्याग्रह गर्दै आएका डा.गोविन्द केसी पछिल्लो पटक पाँच दिन अघिदेखि धनगढीमा अनसनरत रहेका छन् ।

विभिन्न साँत मागहरु राखी सेती प्रादेशिक अस्पतालमा अनसनरत डा.केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गइरहेको अस्पतालले जनाएको छ । अस्पतालको रिपोर्ट अनुसार डा. केसीलाई श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, रक्तचाप घट्ने, सुगर कम हुने र पिसाबमा किटोनबडी बढ्दै गएको छ ।

यी समस्याका कारण डा. केसीको शरीरमा पोषणतत्व र पानीको असन्तुलनले जुनसुकै बेला बेहोस हुनसक्ने, कम्पन सिजर आउनसक्ने, रोग प्रतिरोधी क्षमता कम भएर संक्रमण हुनसक्ने, मुटुको धड्कन, शवासप्रश्वास गडबढ भएर विभिन्न प्रणालीहरुमा खराबी आएर ज्यान जोखिममा पर्नसक्ने अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अन्य कुनै पोषक तत्व लिन नमानेपछि डा.केसीलाई अस्पतालले साधारण स्लाइन र रिङ्गर ल्याक्टेट मात्र दिएर राखिएको अस्पतालको भनाइ छ ।

Govinda-KC-report1663313520