इटहरीः लोकप्रिय बाइक कम्पनी बजाजले बुधबार पल्सर एनएस १२५ लन्चको अवसरमा इटहरीमा साङ्गीतिक कार्यक्रम गर्ने भएको छ । मङ्गलवार इटहरीस्थित अटो सिटिले पत्रकार सम्मेलन गरी बाइक लन्चको अवसरमा लोकप्रिय गायक प्रमोद खरेल, गायिका टिका प्रसाईँ र हास्य कलाकार सुमन कार्कीको उपस्थितिमा साङ्गीतिक कार्यक्रम गर्ने जानकारी दिएको हो ।

305103104_651433546322696_5348540962068603346_n

अटो सिटिका सञ्चालक जयन्त सन्थलीयाले बुधबारअटो सिटिको सोरुम अगाडी कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए । साँझ ५ बजेदेखि ८ बजेसम्म पल्सर एनएस १२५ को विशेष लन्चसँगै साङ्गीतिक कार्यक्रम हुन लागेको बताए । जसको लागि सम्पूर्ण तयारी पुरा भएको उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।

पत्रकार सम्मेलनमा सञ्चालक सन्थलीयाले बजाज बाइकको खरिदमा दसैँ तिहारको लागि आधा आधा अफरको बारेमा जानकारी समेत दिए । दसैँ तिहारको अवसरमा बजाज कम्पनीका बाइक खरिद गर्दा ७ हजार छुट र २५ प्रतिशत डाउन पेमेन्टमा फाइनान्स सुविधा रहेको बताए ।