भोजपुरः आबाल ब्रह्मचारी बालागुरु षडानन्द अधिकारीको १ सय ८४ औँ जन्मजयन्ती भोजपुरको दिङ्लामा मनाइएको छ ।

जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा कवि खेमराज घिमिरेलाई पुरस्कृत गरिएको थियो । घिमिरेले षडानन्दका बारेमा काव्य लेखेर नेपाली समाजमा षडानन्दको कीर्ति फैलाउन सहयोग गरेबापत ११ हजार १ सय ११ रुपैयाँ नगदसहित पुरस्कृत गरिएको बताइएको छ ।

कार्यक्रममा सोमराज ‘अभय’का २ कृति ‘मनका पानाहरू’ र ‘जीवन दर्पण’ एवं साहित्यकार गायत्रीकुमार चापागाईंको ‘अरुणमा बहँदाबहँदै’ लोकार्पण पनि गरिएको थियो । त्यस्तै, शिक्षासेवी बुद्धिप्रसाद गौतमलाई षडानन्दले स्थापना गरेको विद्यालयमा लामो समय अध्यापन गराएबापत सम्मान गरिएको थियो ।