इटहरीः एउटा यात्रा तब सम्पन्न हुन्छ, जब त्यो यात्राले सार्थकता प्राप्त गर्छ । सबैले तय गरेको यात्रामा सफलता प्राप्त हुन्छ नै भन्ने पनि छैन । त्यो भाग्य, भविष्य र उसले यात्रामा दिएको निरन्तरताले पनि निर्धारण र्गछ । कति यात्राहरु बीचमै रोकिएका प्रशस्त उदाहरणहरु हामीमाझ छर्लङ्गै नभएका होइनन् । 

आजको बसाइलाई हामी एकछिन सबैले बिर्सँदै गएको माओवादी जनयुद्धतिर मोडौँ । कुनै समय देश दर्दनाक अवस्थामा थियो । जनयुद्धको नाममा हजारौँको मृत्यु भयो, कति अहिले पनिृृृृृ बेपत्ता छन् र कतिले घाइते जीवन बिताईरहेका छन्  । होला, त्यसमध्ये कतिले सोचेजस्तै उपलव्धि पनि पाए होलान तर समग्रमा देशलाई जनयुद्धले दिएको भनेको एक थान अपरिभाषित लोकतन्त्र र एक थान अपूरो संविधानबाहेक केही देखिँदैन । हो त्यही महान जनयुद्धमा जिन्दगीको लामो समय व्यतित गरेकी संगीता कार्की लामा अहिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फबाट सिफारिस भएकी छन् । 

भोजपुरको प्याउली गाविसको विजयबासमा २०४२ चैत्रमा जन्मिएकी उनको नाम सरिता कार्की हो । पछि संगीता भनियो र संगीता नै कायम भयो । किसान परिवारमा जन्मिएको भएपनि राजनीतिक चेत भएको परिवारमा हुर्किएकी संगीताको कक्षा ७ सम्मको पढाइ मावली घर भोजपुरकै स्यामसिलामा भएको थियो । पछि घरै आएर पढ्न थालिन् । देशमा माओवादी द्वन्द्व चर्किँदै थियो । माओवादी द्वन्द्व चर्किँदै गर्दा माओवादीले गाउँ-गाउँमा जाने र आफ्ना विचार र सिद्धान्तहरु फैलाउने काम गरिरहेको थियो । त्यसबेला १४ बर्षकी थिइन् संगीता कार्की । उनलाई घरमै चलेको वर्गृृीय विभेद मन पर्दैनथ्यो । सासुको खटनका नाममा आफ्नै हजुरआमाले आफ्नी आमालाई गरेको खटनृृृृपटन संगीताले मन पराउँदिनथिन् । दाजुभाइृबीच हुने गरेका लडाइृृँझगडाहरु प्रतिृशोधको भावना विकास गर्दै गरेका हुन्थे । त्यस्तै विभेदको विरुद्ध आवाज ओकल्छु भन्ने हेतुले संगीतालाई माओवादीको विद्रोही शैलीले लोभ्यायो । त्यसपछि उनले लडाकु जिन्दगीको सुरुवात  गरिन् । 

302932392_760958908444077_2341385371928968628_n

दुस्मनबाट जोगिनु चानचुने कुरा थिएन त्यतिमात्रै गरेर भएन जनयुद्ध सफल पार्नुपर्ने महान उद्देश्य जो थियो । संगीता महान उद्देश्यका साथ जंगल पसिन । उनलाई पछ्याउँदै माइलो दाजु र जेठो दाजु पनि जनयुद्धकै लडाकु बने । पछि माल्दाजु भने बिरामी भएर निस्किए तर पार्टीले पैसा खाएर निस्किएको लान्छना लगाउँदै उनीहरुको सम्पतिहडप्यो । संगीता पार्टीको जासुस विभागमा थिइन । पार्टीले दिएको जिम्मेवारीअनुसार उनले गोप्यभन्दा गोप्य सृूचनाहरु संकलन गर्नुपर्ने र पार्टीलाई दिनुपथ्यो । दमन नगर्ने र नसहने संगीताको पुरानौ बानी हो । तथापि माओवादी जनयुद्धमा पनि ठुलालाई चैन र सानालाई ऐन कायमै रहेको संगीताको बुझाइ छ । जनयुद्धमै होमिएको बेला संगीताको भेट ताप्लेजुङ्गका क्याक्टुक लामासँग भयो ।

भेट त लामाृजस्तै हजारौँसँग भएको थियो तर उनीस्ँग मन मिल्योृ, संगीताले १६ वर्षको उमेरमै अन्य १९ जोडी भएको समारोहमा २०६१ साल मंसिर २१ गते वैवाहिक सम्बन्ध जोडिन् क्याक्टुक लामासँग अनि संगीताको नामसँगै अर्को थर पनि जोडियो संगीता कार्की लामा । जनयुद्धको विवाहको दर्दनाक पीडा पनि यस्तो थियो कि विवाह गरेको पहिलो रात नै उनीहरु संगै हुन पाएनन् । विवाह गरेको दिनबाट छुटेका उनीहरु एकै पटक झण्डै डेढ वर्षृपछि बन्दिपुरको लडाइँको दिन भेटिए । कम्पनी कमाण्डरको रुपमा जिम्मेवारी सम्हाल्दै थिए त्यतिखेर उनका श्रीमान क्याक्टुकले । लडाइको क्रममा संगीताको एक पटक टाउकोमा गोली लाग्यो अर्को पटक हातको कुहिना नेर ग्रिनेटको छररा लाग्यो । अहिले पनि उनको दाँया हातको कुहिनामा स्टिल हालिएको छ निकाल्नै नमिल्नेगरी । भोजपुर, इलाल, घोरेटार, बन्दिपुरजस्ता युद्धहरुमा लडेकी संगीता माओवादी शान्ति प्रक्रियामा आएपछि टाँडीको क्याम्पमा पुगिन् र उनका श्रीमान पनि त्यहीँ पुगे । दक्ष लडाकुमै परेको थियो यो जोडी । तर सेनामा समायोजन हुने कि अवकाश लिने भन्ने रोजाृइमा उनीहरुले अवकाश रोजे । केही वर्षको ताप्लेजुङ बसाइृपछि इटहरी २ आँपगाछीमा बसोबास गर्न थाले । 

आपँगाछी आउनुअघि  २०६४ सालमा जेठी छोरी जन्मेकी थिइन भने २०६६ मा अर्की छोरी । इटहरीमा संगीताले दश हजार रुपैँयाबाट सव्जी व्यापार सुरु गरिन् । इटहरी ९ मा भएको साप्ताहिक हटिया लाग्ने ठाउँमा सानो पोखरी थियो । त्यही पोखरीको डिलमा बसेर सव्जी व्यापार सुरु गरेको स्मरण अहिलेसम्म ताजै छ । पार्टीबाट अवकाश लिएर निस्कँदा ६ लाख दिने भनिए पनि एक डेढ लाख पार्टीले काटेर दिएको सम्झिँदा पनि संगीतालाई पार्टीप्रति केही गुनासो रहेनछ । अहिले हामीले पाएको लोकतन्त्र पार्टीले दिएको उपलव्धि भएको उनले बताइन । पार्टीले कार्यकर्ता बिर्सियो, महल सम्झ्यो अनि पैसाको मोहमा फस्यो । आज हजारौँ घाइतेहरु युद्धको पीडामै बसेका छन् । संगीता स्वयम् पनि शहीद परिवारकी बुहारी रहिछन् । उनका काका ससुराको छोरा जनयुद्धकै क्रममा मारिएका थिए । वर्षौँ जनयुद्ध लडेका उनका श्रीमानको पनि मेरुदण्डको हड्डी टुटेको कारण चाँडै प्यारालाईसिसको सम्भावना रहेको उनको भनाइ थियो । 

कुनै बेला धनकुटाका दुर्गा बास्तोलाबाट १५ हजार रुपैयाँ सापटी लिएर थालेको व्यापारले संगीताको जीवन उकास्दै गयो । कुनै बेला अरुले फालेको टमाटर बटुलेर होटलमा बेच्दा आउने १ सय रुपैँयाले छाक टार्दै आएका उनका श्रीमान र संगीताले पहिला ठेलामा टमाटर बेच्न थालेका थिए । अहिले एक सफल व्यापारी भन्दा फरक पर्दैन । यो उनको आफ्नै अनुभवले बताउँदैछ । सडकमा व्यापार गर्दै गर्दा मजदुरका आवाजहरु बोल्न थालिन् संगीता । अन्यायको विरुद्धमा अघि सर्ने उनको पुरानै बानी हो । मजदुरहरुको संस्था जिफन्टमा आबद्ध भएर अगाडि बढ्दै गरेकी उनी एक वर्ष पहिलेदेखि मात्रै जिफन्टबाट छुटिएको संस्था एकीकृत ट्रेड युनियन महासंघसँग आृबद्ध भएर मजदुरका पक्षमा काृम गर्दै छिन् । नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनकी केृन्द्रीय सदस्य रहेकी संगीता दुःख लुकाएर साहस र बहादुरी राख्नुपर्छ भन्ने भनाइमा विश्वास राख्छिन् । 

‘बिक्ने हो  नै हो भने पैसामा बिक्ने अवसर हरु पनि आएका थिए तर मजदुरको हक अधिकारका लागि सगरमाथा भन्दा उच्च शिर झुकाउन चाहिनँ ।’ संगीताले हामीलाई सुनाइन् ।  भर्खरै नेकपा एकीकृत समाजवादीको तर्फबाट सुनसरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको लागि समानुपातिक तर्फबाट संगीताको नाम सिफारिस गरेर माथिल्लो कमिटिमा पठाइएको छ । पार्टीले क्षमता र योग्यतालाई सम्मान गरेको हो कि भन्ने महसुस भएको उनले बताइन् । पार्टीले दिएको जिम्मेवारीलाई पूरा गर्दैै इटहरीमा मात्र नभई सुनसरीमै पार्टीलाई स्थापित गराउने काममा आफू लागिपर्ने उनको भनाृइ थियो । समानुपातिकका रुपमा सुनसरीले पाएको मतको कदर सुनसरीकै उम्मेदवारले पाउनुपर्ने भनाइ उनी राख्छिन्स । ‘ हिजो दमन भएको भोट र इमानदारीृृृृृको लागि सुनसरीले एउटा समानुपातिक तर्फको सांसद पाउनुपर्छ । मैले ल्याएको भोटले अर्को ठाउँको व्यक्तिलाई संसदमा लगिन्छ भने त्यो सह्य हुँदैन ।’ संगीताले भनेकी छन् । 

प्रतिनिधिृसभा सम्मको यात्रामा सफल हुनुभयो भने इटहरीको लागि के गर्नुहुन्छ ? भनी उनलाइ हामीले प्रश्न गर्यौँ । संगीता फिस्स मुस्कुराइन । आफूले बनाउने भनेको शहर नभई गाउँ भएको उनले बताइन् । सडकमा १० रुपैयाँको साग बेचेर  जीवीकोपार्जन गर्ने श्रमिकहरुले सुरक्षित प्रृबन्ध, सामाजिक सुरक्षाकोष, बजार व्यावस्थापन, सिटि सफारी चालकहरुको समस्या, आदि उनको प्राथमिकताका विषयहरु रहेछन् । आफ्नै खर्चले भएपनि कम आयआर्जन भएका श्रमिकहरुको लागि स्वास्थ्य बीमा गरिदिने आफ्नो प्रण संगीता सुनाउँछिन् । त्यति मात्र नभएर किसानले उव्जाएको सामानले उचित बजार नपाउनु, बिचौलियाको बिगबिगी हुनु लगायतका आफूले देखेका समस्या संगीताले हामीलाई सुनाइन् । यी सबैको समाधान नीतिगत तहबाटै हुनु जरुरी छ । जसका लागि श्रमिकको पक्षबाट सिफारिस भएकी संगीताको यात्रा सफल बनोस् । शुभकामना ।