इटहरीः इटहरीमा शनिबार आयोजना भएको सात वटा सहकारीहरुको भेलामा सहकारी संस्थाहरु हिरा र हलुङ्गेजस्तै भएको निृष्कर्ष निकालिएको छ । 

प्रदेश नम्बर १ प्रदेशसभाकी उपसभामुख सरस्वती पोखरेल तथा एस्यिाली ऋण महासंघको कार्यक्रममा सम्मिलित मेची र कोसीका पहिलो क्लष्टर अन्तर्गतका सात वटा सहकारीका व्यवस्थापक र सञ्चालकहरु सम्मिलित भेलामा सुशासन भएका र नभएका सबै सहकारीलाई एकै आँखाले हेर्न थालिएको बहस चलेको हो । कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशालामा प्रमुख अतिथिको रुपमा बोल्दै उपसभामुख पोखरेलले सहकारी संस्थाहरु आज घरघरमा विस्तार भएको र सहकारी अभियान सफल हुँदै गएको बताइन् ।  हिजो सहकारी संस्था बनाउन, सदस्यलाई बुझाउन र संगठित गर्न निकै गाह्रो हुने गरेको स्मरण गर्दै अहिले व्यक्ति रोजेर कुन सहकारीको सदस्य बन्ने यकिन गरेर आफैँ आउने अवस्था बनेको पोखरेलले बताइन् । 

286443938_446898557385987_349333911443826542_n

\एउटा सफल अभियानमा लागेका सहकारीहरु आफूलाई आवश्यक पर्दा ऋण लिने र आफूलाई आवश्यक पर्दा बचत गर्ने अवस्थामा पुगेको बताउँदै उपसभामुख पोखरेलले किसान कल्याण बचत तथा ऋण सहकारी पूर्वको अव्वल सहकारीको रुपमा विकास भएको बताइन् । आफू पनि किसान कल्याणको सदस्य रहेको बताउँदै पोखरेलले सहकारी संस्थाहरुले सुृशासनको पाटोलाई अत्यन्तै पारदर्शी बनाउनुपर्छ भन्ने हिसाबले सातवटा सहकारी मिलेर अघि बढेकोमा खुृस्ी व्यक्त गरेकी थिइन् । 

सहकारीहरुले कार्यकुृशलता र सुृशासनलाई पारदर्शी बनाउन सके अभियानमा सफल सहकारी योजनामा समेत सफल हुन जरुरी भएको बताइृन् । सहकारीहरुमा समस्या परेको समाचार सुनिरहँदा त्यो हिसाबले सहकारीहरु नयाँ ढंगले पारदर्शिताका साथ अगाडि बढ्नुपर्नेसमेत पोखरेलले बताएकी थिइन् । सरकारले अगाडि सारेको तीनखम्वे अर्थ नीतिका लागि समेत सहकारीहरुको महत्वपूर्ण सहभागिता हुनुपर्ने र अर्थतन्त्रमा देखिएको समस्यामा राज्य मात्र जिम्मेवार हुने नभई सबै सचेत भए मात्र राज्यलाई संकटबाट जोगाउन सकिने उनले बताएकी थिइन् । 

302520225_611200060380497_551627861051789340_n

एसियाली ऋण महासंघमा आबद्ध मेची कोसी क्लष्टरका प्रथम सात वटा सहकारी संस्थाहरुको भेलामा सहभागीहरुलाई सम्बोधन गर्दै इटहरीको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शालिकराम ढकालले एक्सेसमा आृबद्ध नहुँदाृसम्म आफुहरुले आफ्नै हिसावले संस्था संचालन गरिरहेको तर नेफस्कुनसँग सम्झौता गरेपछि कार्यक्रम अधिकृतहरुले आफ्नो आफ्नो संस्थामा आएर सहजीकरण गरेपछि धेरै सिकेको बताए । 

‘हामीलाई दश बाह्र बर्ष पहिल ेनै धेरै सहकारी बुझ्यौँ जस्तो लाग्थ्यो तर केही बुझेका रहेनछौँ ।’ ढकालले भने ।  खासमा हिरा र हलुङ्गे उस्ताृउस्तै देखिन्छ तर नबुझ्दा हिरा पनि हलुङ्गे र हलुङ्गेलाई हिरा बुझ्ने चलन भएको बताउँदै ढकालले नियम र परिधिमा चल्ने सहकारीहरुको संख्या एकदमै कम भएको बताए । हिरा र हलुङ्गेलाई एउटै ढंगले मुल्याङ्कन गर्दा हिरा पनि हलुङ्गेजस्तै भएको ढकालले बताएका थिए । उपसभामुखलाई ध्यानाकर्षण गराउँदै अध्यक्ष ढकालले स्ुशासन कायम भएका संस्थालाई पुरस्कृत र सो नभएका संस्थालाई डण्डा चलाउने काम पनि राज्यले गर्नुपर्ने बताएका थिए । 

302552430_395560389204683_8721350325071350457_n

समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नका लागि सहकारीभन्दा अर्को उपाय नै नभएको बताउँदै ढकालले संविधानको प्रस्तावनामा भएको भावनालाई सम्बोधन गर्न सहकारीलाई पहल कदमी लिइदिनुपर्ने राज्यलाई सहकारीकर्मीहरुको आग्रह सुनाएका थिए । किसान कल्याण सहकारी संस्थाका उपाध्यक्ष नरेन्द्रृकुमार श्रेष्ठले स्वागत मन्तव्य राख्दै नेफ्स्कुनले संस्थालाई अनुशासनमा हिँड्न सिकाएको बताए भने जिल्ला सहकारी संघ सुनसरीका लेखा संयोजक फणिन्द्र दाहालले बारम्बार सहकारी अभियानमा लागिरहँदा पनि साना सहकारी संस्थालाई राम्ररी परिचालन गर्न नसकेको बताएका थिए । 

कार्यकुशता तथा सिकाइ व्यवस्थापन कार्यशालामा रमाइलो जनएकता साकोसका व्यवस्थापक कृष्णकुमारी अधिकारी, मनोकामना साकोसका स्ीइओ कल्याण बजगाई, मोरङ साकेसका व्यवस्थापक निरज शाक्य, इटहरा साकोसका व्यृवस्थापक राजन घिमिरे, सहारा साकोसका उपनिर्देशक दिनेशबहादुर निरौला, महिला साकोसकी सिइओ जुनुसा पुरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थत भएका सातवटै साकोसका व्यृवस्थापक तथा  सञ्चालकलाई नेफस्कुनका कोमलराज अधिकारी र रामकृष्ण भट्टराईले सहजीकरण गरेका थिए ।