काठमाडौँः ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा निलहरि बास्तोला निर्वाचित भएका छन् ।

सोमबार राती सम्पन्न भएकोे ४४औँ वार्षिक साधारणसभा एवं निर्वाचनबाट ६१६ मत प्राप्त गरी बास्तोला विजयी भएका हुन् । कार्यसमितिमा बास्तोलाको प्यानलै बिजयी भएको छ । उनका प्रतिस्पर्धी रामप्रसाद सापकोटाले २६४ मत पाए । टानको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदीप पण्डित, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा (बाबु), सचिवमा होमनाथ भट्टराई र कोषाध्यक्षमा पुरुषोत्तम तिमिल्सिना, सहकोषाध्यक्षमा छिङ दोर्शी शेर्पालाई व्यावसायीले निर्वाचित गरेका छन् ।

सजना त्रिपाठी महिला सदस्यमा चुनिँदा खुला सदस्यहरूमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेशबहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा र कृष्णबहादुर परियार निर्वाचित भएका थिए । एक हजार ८६० व्यावसायी आवद्ध टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कूल २५ सदस्यीय कार्य समितिमध्ये १७ निर्वाचित र बाँकी सदस्य मनोनित गरिनेछ ।