इटहरीः सोलुखुम्बु सोलु दुधकुण्ड नगरपालिका १ स्थितमा रहेको प्रसिद्ध धार्मिक स्थल ठुलो दुधकुण्ड को दर्शनार्थ आएका एक भक्तजनको प्रहरीले उद्धार गरेको छ ।

गत २६ गते दर्शनको लागि गएकी युवती ४६०० मिटरको उचाईमा रहेको दुधकुण्ड नजिकै लेक लागि अचेत अवस्थामा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले फेला पारेको थियो ।

अचेत अवस्थामा रहेकी ती युवतीको महिला प्रहरीले बोकेर दुधकुण्ड बेश क्याम्पतर्फ प्राथमिक उपचारको लागि लगिएको हो । काठमाडौँ घर भएकी ति युवती उपचार पश्चात सामान्य भएर घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।