पर्वतीय पर्यटन व्यवसायीहरूको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)को आसन्न निर्वाचनमा अध्यक्ष उम्मेदवार दिएका बास्तोलाले आफूले गहिरो अनुभव बटुलेर उम्मेदवारमा आएको बताएका छन् ।

बास्तोलाले अरुको तुलनालाई होइन, आफ्नो अनुभवलाई पहिलो प्राथमिकतामा राखेर टान निर्वाचनमा अध्यक्ष उम्मेदवार दिएको बताएका हुन् । ‘अहिले भोटर्सहरु कन चाहिँ उम्मेदवार सक्षम र अनुभवी छ ? भन्ने बारेमा आफैँ निर्णय गर्न सक्ने पङ्तिमा हुनुहुन्छ, त्यसकारण पनि निर्वाचनको माहोललाई हेरेर अहिले नै जीत सुनिश्चि भन्ने हुँदैन । त्यसैले हाम्रो पहल अन्तिमसम्म जारी रहनेछ ।’– बास्तोलाले भने । 

अन्य उम्मेदवार भन्दा फरक विचारधार बोकेका वास्तोलाले आफू अरुभन्दा जान्ने र बुजु्रक ठान्नेमा भन्दा पनि आफूले गहिरोसँग बटुलेको अनुभवका आधारमा आफूलाई अग्र पङ्तिमा लैजाने बताए । पूर्वदेखि पश्चिमसँग आफू घुमिसकेको, मजदुर र व्यवसायीहरुको समस्यालाई नजिकबाट केलाएको उनले बताए । ‘टानलाई अहिलेको नेतृत्वमा माथिल्लो उचाइमा पुर्याउनका लागि अनुभवी व्यक्तिद्वारा मात्र सम्भव छ । कुन व्यवसायमा समस्या छ, कुन तरिकाले व्यवसाय सञ्चालन गर्न सकिन्छ लगायतका विषयहरु आधुनिक तवरबाट पहिचान गरेर समाधान गर्न सक्छु भन्ने आत्मविश्वास र क्षमता मसँग छ ।’– उनले भने । 

यस्तो छ, प्रदेश पोर्टलले बास्तोलासँग लिएको अन्तर्वाता:–

१) तपाईले जित्नुपर्ने कारणहरु के हुन् ? 

–‘म आफूलाई अरुसँगको जान्नेमा तुलना होइन, आफ्नो अनुभव र क्षमतालाई लिएर फेस गर्ने प्रवृत्तिमा पर्ने गर्छु ।’ 

–‘व्यावसायिक सँस्थामा आबद्ध भएको बखतदेखि मैले पूर्वदेखि पश्चिमसम्म घुमिसकेको छु । व्यवसाय नुहँदाको समस्या कस्तो हुन्छ ? भइराखेका व्यवसायहरुले के–कस्ता समस्याहरु खेपिरहनुपरेको छ ?

 लगायतका तमाम व्यवसायिक समस्याहरुलाई आधुनिक तवरबाट कसरी व्यवस्थापन र न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा आफूसँग राम्रो ज्ञान र अनुभव छ ।’

–‘टानको हकमा म अनुभवी छु । २००५ सालमै म सबक्वोइन्टमा बसेर काम गरिसकेँ । २०१३।१५ मा संयोजक भएर काम गरिसकेको छु । २०१७।१९ मा गएर उपाध्यक्षको रुपमा काम गरेको छु । त्यसैले पनि आफ्m्नो अनुभवको आधारमा टानलाई छोटो समयमा उच्च स्तरको रिजल्ट दिन सक्ने बनाउनेछु ।’

–‘हिजोका दिनहरुमा भन्दा फरक ट्रेन्ड छ, टानले भोगेका पुराना समस्याहरु यथावत छन् । अब त्यसलाई समाधानको पाटो नयाँ तरिकाबाट पहिल्याउनपर्दछ । जुन मैले मूख्य ऐजेण्डाको रुपमा राखेको छु ।’

२) काठमाडौंँमा भएका इलेक्ट्रिक रिक्सा जुन चन्द्र शम्सेरको पालादेखि जोडिएको छ,जहाँ अहिले ४०० मा १०० वटा पनि चल्दैनन्, सो विषयमा टानले वेवास्ता गर्यो भन्ने आरोप छ । यो समस्यालाई तपाईले कसरी हल गर्न सक्नुहुन्थ्यो ? 

–‘रिक्साको केसमा के छ भने विकल्पहरुको खोजीमा जान बाध्य भएको अवस्था सिर्जना भयो । यदि टुरिस्ट व्यवसायलाई बढाउने हो भने रिक्सा व्यवसाय सहजै अगाडि आउनेमा दुईमत नै छैन । त्यसकारण मूख्य कुरा के छ राज्यले योजनाबद्ध रुपमा पर्यटन व्यवसायलाई ध्यान दिएर कार्ययोजना बनाउन आवश्यक छ । संसारका सबैभन्दा बढी जनसंख्या भएको दुई देश भारत र चीनको बीचमा हामी छौँ । यसलाई राज्यले बुझेर कार्यन्वयनमा लाग्नुपर्छ । त्यसकारण टुरिस्ट खोज्न टाढा नजर लगाउनै पर्दैन । यदि हामीले पर्याप्त मात्रमा टुरिस्ट भित्र्याउने हो भने यो समस्या आफैँ हल हुन्छ । यो वातावरण राज्यले तय गर्नपर्छ ।’

३) प्राचिनरुपमा धार्मिक महत्व बोकेका नेपालका ग्रामिण भेगसम्म टुरिस्टलाई लैजाने र तिनीहरुलाई सहि गाइड गर्न नसकेको कमजोरी अहिले टानमा आइराखेको अवस्था छ । यो अवस्थालाई सामाधन कसरी गर्न सकिएला के छ तपाईको राय ?

–‘यसमा समस्या कहाँनेर छ भन्नुहुन्छ भने, धार्मिक महत्व बोकेका पर्यटकीय स्थलहरुमा राज्यले निजी क्षेत्रलाई समेटेर लैजाने उचित गुरुयोजना बनाउन नसक्नुमा छ । त्यसका लागी हामी व्यवसायीले राज्यलाई दबाब दिने हो । टानले वा नाटाले सरकारलाई सहकार्य गराएर यो समस्या सामाधान गर्न पहल गर्छौँ ।’

वास्तोलाले पर्यटन व्यवसायलाई योजनावद्ध तवरमा फस्टाउन आधुनिक प्रक्रियबाट सफल बनाउन सकिने बताए । उनले अब पुरानो शैलीलाई फलो गरेर टुरिजम व्यवसायमा देखा परेका समस्याहरु समाधान नहुने बताए । त्यसकारण मिसन, भिजन, रणनीति,लगायतका नयाँ गन्तव्य र पहिचानगत ढङ्गले कार्यन्वयनमा लागिपर्न आवश्यक रहेको प्रष्ट पारे । जाँदा–जाँदै वास्तोलाले भने,‘टानलाई हरेक समस्याहरुको समाधान गर्नकालागि सबैसँग सहकार्य गरेर अघि बढाउने गुरुयोजना र अनुभवसहित मेरो उम्मेदवारलाई अपरिहार्य लिएको छु । आशा छ अन्य व्यवसायी मित्रहरुले सक्षम निर्णयका साथ मलाई विजयी गराउनुहुनेछ  ।’

बास्तोला प्यानलबाट अध्यक्षमा बास्तोला, वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्ष प्रदीप पण्डित, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा (बाबु), सचिव होमनाथ भट्टराई र कोषाध्यक्षमा पुरुषोत्तम तिमिल्सिना तथा सहकोषाध्यक्षमा छिङ दोर्शी शेर्पा रहेका छन् ।