धरानः सुनसरीको धराानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा सक्रिय अखिल क्रन्तिकारी पूर्वाञ्चल एकाई समितिले विद्यार्र्थीको आवाज नसुन्ने पूर्वाञ्चल क्याम्पसका क्याम्पस प्रमुखसहित शिक्षक कर्मचारीको कान सफा गर्ने कार्यक्रम गरेको छ ।

मङ्गलबार समितिले विद्यार्थीका समस्या नसुनेको भन्दै कान सफा गर्ने कार्यक्रम गरेको हो । कार्यक्रममा क्याम्पस प्रमुखसहित शिक्षक कर्मचारीको कान सफा गरिएको थियो । लामो समयदेखि क्याम्पसले विद्यार्थीका समस्या नसुनेकाले कान सफा गर्ने कार्यक्रम राखेको क्रान्तिकारीका एकाई अध्यक्ष समिर तिवारीले बताए । उनले भने, ‘कान नसुनेर समाधान नभएको हो कि भनेर कान सफा गरेका हौँ ।’ अब पनि सुनुवाइ भएन भने फायल सफा गर्ने उनले बताए ।

IMG20220809110329

उनीहरुले पानी चुहुने समस्या समाधान गर्न, फस्ट एड बक्स उपलब्ध गराई एक जनालाई तालिम दिन, समयमा शिक्षक कर्मचारी प्रशासनमा आउन, ल्याबको व्यवस्थापन गर्न र एसेसमेण्ट मार्क समयमा विद्यार्थीलाई दिनुपर्ने माग राखेका थिए । उनीहरुको ‘ब्यानरमा विज्ञप्तिमा मात्र थुपार्ने कि काम पनि गर्ने’, ‘तन्काएको रबरजस्तै भयो प्रशासन, कि चुटिने कि आफ्नो पारामा फर्कने’, ‘टु मिसिङ इन इआरसी एजुकेस्नल सिस्टम, एजुकेसन एण्ड सिस्टम’, ‘सम्पति मागेको होइन, अधिकार मागेको हो’लगायतका नारा लेखिएका थिए ।